तिवारी हत्याकाण्डमा सरकारले नक्कली हत्यारा खडा गरयो

काठमाडौं । युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा सरकारले नक्कली हत्यारा खडा गरेको आरोप युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले लगाएका छन् । ‘छानविन नै नगरी प्रहरीले मनोज भन्ने ब्यक्तिको नाम सार्वजनिक गरेर घटना ब्यक्तिगत देखाउन खोजिएको छ’ पहारीले भने ‘घटना ब्यक्तिगत नभई राजनीतिक हो, देश विखण्डन र विभाजनकारीहरुले हत्या गरेका छन् ।’

प्रहरीले तिवारीको व्यक्तिगत रिसीवीका कारण मनोज पुनले हत्या गरेको दावी गरिरहेका बेला युवा संघ नेपालका अध्यक्ष पहारीले यस्तो अभिब्यक्ति दिएका छन् । उनले नक्कली हत्यारा सररकाले खडा गरेको आरोप समेत लगाए ।

पहारी लगायत  युवा संघको टोलीले तीन सुरक्षा प्रमुख र गृहसचिवसँगै भएका बेला नक्कली हत्यारा खडा नगर्न गृहमन्त्री विमलेन्द्र निधिलाई चुनौति दिएका थिए । ‘हामीले गृहमन्त्रीलाई गैरजिम्मेवार नबन्न आग्रह गरेका छौ, हत्याको बास्तविकता छानविनपछि थाहा हुने कुरा हो ।’

पछिल्लो समय सरकारले ल्याएको राष्ट्रघाती संविधान संशोधनविरुद्ध तिवारी डटेर लागि परेको र हत्याको कारण पनि त्यही भएको निस्कर्ष युवा संघले निकालेको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी संशोधन प्रस्ताव आएदेखि तिवारी विरोधमा उत्रेका थिए । तर, उनको अचानक हत्या भएपछि एमाले सशंकित बनेको छ ।

सरकारले हत्याकाण्डलाई ‘डाइभर्ट’ गर्न नक्कली हत्यारा खडा गरेको र नक्कली हत्याराबाट घटनाको जिम्मा लिइएको पहारीले बताए । उनले सत्य तथ्य छानविन नभएसम्म भड्काउ अभिब्यक्ति नदिन गृहमन्त्रीलाई चुनौति पनि दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice