गरिब प्रधानमन्त्रीले महिना दिनमै पिए साढे एघार लाखको पानी !

नेपाल त्यस्तो देश हो जहाँ अधिकांश नागरिक भोको पेटमा एक पेट खान पाउँदा आनन्दानुभूति गर्छन् । तर, त्यही देशका प्रधानमन्त्रीले गरिब जनतालाई चुसेर महिना दिनमा खानेपानीका नाममा एक÷दुई लाख होइन,एघार/ एघार लाख रुपैंया खानेपानीको नाममा स्वाहा पार्दछन ।
र,सो पैसा समेत भुकम्पका कारण थिलथिलो भएका गरिब जनताका श्रम पसिनार रगतबाट चुक्ता गराँउछन । हो,यस्तै गरेका छन क्रान्कितारी छविका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले । उनी र उनको सचिवालयले पिएको एघार लाख अठ्चालिस हजार दुई सय चालिस रुपैंयाको खानेपानीको बील रकमान्तर गरी खानेपानी मन्त्रालयबाट भुक्तानी गरिएको भेटिएको हो ।

अस्ति मंसिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो रकम खानेपानी मन्त्रालयले केयुकेएललाई तिर्ने गरी मिलाइएको हो । सुशिल कोइराला पछाडि कम सम्पत्ति विवरण सार्वजानिक गरी नेपालकै गरिब प्रधानमन्त्री भनी सामाजिक सञ्जालमा हाँसो मजाकका पात्र बनेका प्रधानमन्त्री प्रचण्डले आफूले महिना दिनमा पिएको साढे एघार लाख रुपैंया पानी समेत गरिब जनताको श्रम पसिना र रगतबाट तिर्न लगाएसँगै उनी अझैं चर्काे आलोचनाको भुमरीमा परेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice