सोमबार देखि ३० प्रतिशतले हवाई भाडा बढ्यो, हेर्नुहोस कहाँको कति ?

निजी एयरलाइन्सहरुले दुर्गम बाहेक सगुम र पर्यटकीय रुटको सोमबार देखि लागु हुने गरी हवाई भाडा ३० प्रतिशतसम्म बढाएका छन् ।

मंसिर २७ गते भएको सहमती अनुसार आन्तरिक रुटमा उडान भर्ने निजी एयरलाइन्सहरुले भाढा बढाएको पर्यटन मन्त्री जीवनबहादुर शाहिले बताएका छन् । यसपटक सबैभन्दा धेरै काठमाडौं–धनगढी रूटको भाडा बढाईएको छ ।

एकतर्फी भाडादर १० हजार १ सय रुपैयाँ रहेकोमा सोमबार देखि २३ सय रुपैयाँ थप भई १२ हजार २ सय रुपैयाँ भएको छ । त्यसैगरी काठमाडौं देखि भद्रपुरमा १८ सय ७०, विराटनगरमा १६ सय ४५, जनकपुरमा ६ सय, सिमरामा ५ सय ६५, तुम्लिङ्गटारमा ९ सय ८५, भरतपुरमा ६ सय, भैरहवामा ११ सय ७०, पोखरामा ८ सय ९०,  नेपालगंजमा २१ सय २५ रुपैयाँ थपिएको छ ।

पर्वतीय उडानको भाडामा सबैभन्दा धेरै २४ सय ७५ रुपैयाँ थपिदा ११ हजार रुपैयाँ पुगेको छ ।

पर्यटकीय रुट मानिने लुक्लामा १२ सय ४५ रुपैयाँ थपिएको छ, भने पोखरादेखी जोमसोमको रुटमा ७ सय २५ रुपैयाँ थपिएको छ ।
नेपालगंजबाट पहाडी रुटहरु सिमिकोट, जुम्ला, मुगुको रारा, बाजुरा, डोल्पामा हुने दुर्गम हवाई भाडा भने पुरानै छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice