हेर्नुहोला, आगामी चुनावमा एमाले मधेशमा कसरी बडारिन्छ !

लक्ष्मण लाल कर्ण,सहअध्यक्ष, सद्भावना पार्टी

हामीले ‘क्लियर’ साथ भनेका छौं–संविधान परिमार्जन हुनुपर्छ । संविधान संशोधन नगरी कुनै काम अगाडि बढ्न सक्दैन । हामी कन्फ्युजमा छैंनौ । तीन जना नेताले छलफल गर्दैमा निर्वाचन हुँदैन । एउटा संसदको, अर्को स्थानीय तहको र अर्को पूरानै संरचनामा निर्वाचन गरौं भन्ने यी तीन नेताहरुको कुरा मिलेको छैन । अनि अब कसरी निर्वाचन हुन्छ ?

यो संविधान अपुरो र अधुरो छ । मधेसीलगायतले यो संविधानबाट अधिकार नै पाएका छैनन । अब यस्तो अपुरो संविधान परिमार्जन नगरी कसरी निर्वाचनमा जान सकिन्छ ? बुझ्न चाहनुहुन्छ–एमाले त मधेसविरोधी पार्टी हो । उसको सारा गतिविधि मधेस,जनजाति,महिला थारु विरोधमा छ । यस्तो पार्टीको कुरा गरेर काम छैंन । मधेस आन्दोलनका क्रममा ६० जनाले ज्यान गुमाए,कैयनले गोली खाएर शहादत भए के उनीहरुकोे चाहिँ रगत होइन ? त्यसो हो भने सरकारले भन्नुपर्यो सडकमा आउने र गोली खाने नेपाली होइनन ? यदि उनीहरु नेपालको नागरिक हुन भने उनीहरुको माग सम्बोधन गर्नुपर्यो ।

अहिले परिस्थिति बद्लिएको छ । अब निर्वाचन भयो भने परिणाम निकै फरक आउनेछ । एमालेलगायतका मधेसविरोधी पार्टीहरु मधेसबाट बढारिने छन् । यसमा ढुक्क भए हुन्छ,मैले केहिँ भनिरहनुपर्दैन । निर्वाचन हुने दिशातिर देश गयो भने त्यसको प्रतिरोधमा हामी उत्रन्छौं । त्यसका लागि के कस्ता कसरत थालनी गर्नुपर्ने हो हामी अवश्य गर्छौं । जुनवेला हामी आन्दोलनमा गएका थियौं,त्यतिबेला कसैले पनि यतिका जनता सडकमा आएर साथ दिन्छन् भन्ने सोचेका थिएनन् । तर, जनता त सडकमा ओइरिए । त्यसैले फेरि पनि हामीलाई धोका भयो भने आन्दोलनमा उत्रन्छौं ।

 हामीले संविधान संशोधन परिमार्जनसहित पास गर्दा हामी सहयोग गर्छौ भनेका थियौं । हामीले कुनै नयाँ कुरा राखेका छैंनौ । हामी राष्ट्रको समस्या समाधानका निम्ति लचक भएर प्रस्तुत भएका छौं । राष्ट्रघातको आरोप त मधेसी जनतालाई अधिकार सम्पन्न हुन नदिने षड्यन्त्र मात्रै हो ।

3 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice