लुटेको सुन मदिराको सितन !

काठमाडौं । लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन् । वीर अस्पतालमा भर्ना गरिएका उनको छिनछिनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी काठमाडौ. प्रहरीले लिइरहेको छ ।
काठमाडौमा केही दिनअघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको होे । प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पतालमा भर्ना गरिएका छन् । काठमाडौं प्रहरीका अनुसार किर्तिपुर घर भई हाल हल्चोक बस्ने सुमन महर्जनले लुटेको दुई तोला सुनको सिक्रि निलेको नागरिक दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice