bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38551 ) ) )

एसपी सा’प ! लक्ष्मी परियारलाई मलमूत्र खुवाएर चुट्ने काँइली लामाकै कसरी भयो मानहानी ?

काठमाडौंबाट डेढ घण्टाको गाडी यात्रामा दोलालघाट र त्यहाँबाट करिव ३ घण्टाको गाडी यात्रा गरी पुग्न सकिन्छ काभ्रेको सानोवाङथली । जहाँ गत मंसिर बीस गते लक्ष्मी परियारलाई त्यहाँस्थित सूर्याेदय माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक हिरा लामा र उनकी आमा काँइली (तमाङ)लामाले स्कूलमा रहेको पोलमा बाधेर मलमूत्र खुवाइ  निर्घात पिटिएको थियो । र त्यसको चार दिन पछाडि एकाबिहानै मृत अवस्थामा फेला परेकी थिईन लक्ष्मी परियार  ।
करिव ४१९ घरपरिवार रहेको छ सानो वाङथलीमा । जसमध्य ४ घर परिवार मात्र दलितको भेटिन्छ । यो हत्या प्रकरण पछाडि दलितहरु अझै हेपिएका/चेपिएको गुनासो पोख्छन श्याम नेपाली,उनकै जेठी भाउजु हुन लक्ष्मी । यो प्रकरण पछाडि समाज जातीय रुपमा विभक्त भएको प्रष्ट चित्र देख्न सकिन्छ त्यहाँ ।

 

यही विद्यालय परिसरमा लक्ष्मीलाई मलमुत्र खुवाइ पिटिएको थियो ।

घटनाको वारेमा जानकारी लिन एक्सन फर सोसियल चेन्ज नामक गैह्र सरकारी संस्थाको सहकार्यमा त्यहाँ पुगेका पत्रकारहरुसँगको कुराकानीको क्रममा घटनाको विषयबस्तुलाई बग्याउन सक्रिय देखिन्थे छेडुप तमाङ ।

मृतक लक्ष्मी परियारको घर

सूर्यादय स्कूलको आडमा छ यीनको घर । उनी तिनै पात्र हुन,जस्ले हिरा लामा र काँइली तमाङलाई डोरी दिई मृतक लक्ष्मी परियारलाई पोलमा बाध्नमा सहयोग पु¥याएका थिए । सोही अभियोगमा उनकी पत्नी  निरमाया अहिले पनि प्रहरी कष्टडीमा छिन ।
यस्तो रहस्यमय कथा सुनाए कि उनका अनुसार,यो हत्या हिरा र उनकी आमाको मिलेमतोमा भएको नभई उनै मृतक लक्ष्मीको पति मिलन नेपालीले गरेका हुन ।

उनका अनुसार स्कूलको पोलमा लक्ष्मी परियारलाई बाँधेर स्कूलका शिक्षक हिरा र उनका आमा काँइलीले दिशा कोच्याउदै गर्दा छेडुप स्कूल परिसरमै थिए । वच्चाको कपाल काटिरहे । घटनास्थलबाट दुई मिटर मात्र पर रहेर पनि उनले आफूले यो घटना नदेखेको जिकिर गरिरहे ।

 

२० गते भएको थियो स्कूल परिसरमा यो घटना । र यस्को भोलीपल्टै उनै छेडुप सहित हिराको आमा समेत प्रहरी चौकी पुगे । उनीहरुले जाहेरी दिएका थिए चौवास प्रहरी विटमा मृतक लक्ष्मी परियारले आफ्नो मानहानी गरेको भन्दै । त्यस्को पर्सिपल्टै सानोवाङथली आएको प्रहरीले दुबै पक्षलाई मिलापत्र गरि फर्किएको थियो । भने,त्यस्को भोलीपल्टै लक्ष्मीको हत्या गरिएको थियो ।

हिरा लामा

अहिले यो हत्या प्रकरणमा प्रहरीले हिरा लामा,काँइली तमाङ,मृतकको पति मिलन नेपाली सहित निरमाया तमाङलाई प्रहरीले कर्तव्य ज्यान मुद्धा चलाएको छ ।

घटनाको विषयवस्तु ढाकछोप गर्ने उदेश्यले कतै उनीहरुले मानहानीको निवेदन दर्ता गरेका थिएनन् ? प्रश्न पेचिलो बनेको छ । घटनाको निष्पक्षतापूर्ण छानबिन हुन जरुरी छ ।

तस्विर सौजन्य : विनयजंग बस्नेत

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice