संक्रान्ति बजारमा लागेको आगो नियन्त्रणमा आएन

तेह्रथुम । तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा बिहान ११ बजेबाट लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । अहिले सम्म पाँचवटा घर जलेर नष्ट भईसकेका छन् ।

आगो अग्नि सेढाईंको घरबाट सुरु भएको थियो । सेढाईको घर सँगै रहेका बद्री सेढाईं, दिपेश सिटौला, अमृत गहतराज र देवेन्द्र पाहीमको घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

हावा चलिरहेकाले आगो नियन्त्रणगर्न समस्या भईरहेको स्थानीयहरुले बताएका छन् । आगो नियन्त्रणका लागि सँगै जोडिएका केही घर डोजर लगाएर भत्काउने प्रयास भइरहेको छ ।

बजारमा पानीको अभाव भएको र हावा चलिरहेकाले आगो निभाउन समस्या भएको प्रहरीले बताएका छन् । आगो नियन्त्रणको प्रयामा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरिरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice