‘तीनवटै निकायको निर्वाचन गर्न समय छ,हतार नगरौ’

काठमाडौ । एमालेले गल्ती गरिरहेको छ । संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल र्नै गर्न नदिनु बेठीक हो । संसदको गतिरोध अन्त्यका लागि संशोधन प्रस्तावलाई थाँती राखेर अन्य अति आवश्यक ऐन,कानूनहरुलाई अघि बढाउनुपर्छ । चुनावको मिति घोषणा गर्नुपर्छ ।
स्थानीय तहको पुनर्संरचनामा हतार किन गर्ने ? बरु केही समय लागेपनि लागोस, विज्ञहरुलाई लिएर काम गर्नुपर्छ । एमालेले भनेजस्तो अहिले नै केन्द्रिय संसदको चुनाव गर्न सकिँदैन । र, गरिदैन पनि । अझै समय बाँकी छ । ०७४ माघ ७ गतेसम्म तीन वटै निकायको निर्वाचन गर्नुपर्ने भएकोले समय बाँकी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice