प्रचण्डले ढाँटे सम्पतिको नाममा एक लाख ५६ हजार मात्र

काठमाडौं । दुई–दुई पटक देशको प्रधानमन्त्री बनिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण लुकाएका छन् ।
आज बल्लतल्ल सरकारले चार महिनापछि प्रधानमन्त्रीको सम्पति सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरेको सम्पति विवरणमा उनकि श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्टा जमिन र तीन तोला सुन बाहेक अरु कुनै चल–अचल सम्पति नभएको उल्लेख गरिएको छ । जबकि उनले मासिक ८० हजारभन्दा बढी तलब सुविधा उपभोग गर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण साँच्चिकै सहि हो भने सुशिल कोइरालापछि उनी दोस्रो गरिब प्रधानमन्त्री बन्ने छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice