bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38404 ) ) )

कमिसन चक्करमा नेपाली सेना,उजुरी पुग्यो प्रधानसेनापतिसम्म !

 

नेपाली सेनाले आर्थिक प्रलोभनमा परी सार्वजनिक खरिद ऐन २०६३ सो बर्खिलाप हुने गरी काम गरेको तथ्य सार्वजानिक भएको छ ।
सेनालाई आवश्यक पर्ने सामान आपूर्ती गर्दा टेण्डर प्रक्रिया खोली सबैभन्दा सस्तो बोल कबोल गर्ने व्यक्ति/फर्मलाई टेण्डर दिनुपर्नेमा सबैभन्दा बढी बोलकबोल गर्ने फर्मलाई टेण्डर दिएर सार्वजानिक खरिद ऐनको धज्जी उडाएको हो ।

15555909_1252089988219037_848208166_n
बिगत लामो समय देखि नेपाली सेनालाई राशन उपलब्ध गराउदै आएको वीरेन्द्रनगर,सुर्खेतस्थित अर्जुन जनरल स्टोरले बुधबार पत्रकार सम्मेलन गरी सेना भित्र मौलाउदै गएको कमिसन प्रवृत्तिको भण्डाफोर गरेका हुन ।
मध्यपश्चिम पृतना हेडक्वार्टर,श्री नम्बर ४ बाहिनी अड्डा,नेपालगञ्ज,श्री नम्बर २४ बाहिनी देवलडाँडा,जुम्ला,भैरवप्रसाद गण खंलगा,देवीदल गण मुसिकोट,रुकुम,कालिदत्त गुल्म,डोल्पा र सैनिक आवासीय महाविद्यालय,वीरेन्द्रनगर,सुर्खेतका आर्मी युनिटरुले सामान आपूर्ती गर्दा सबैभन्दा सस्तो बोल कवोल गर्ने व्यक्ति तथा फर्मलाई टेण्डरमा सहभागी नगराई सबैभन्दा बढी बोल कवोल गर्न फर्मलाई टेण्डर दिई नेपाली सेनाभित्र राशन काण्डमा हुने भष्ट्राचार उदांगो पारेका हुन ।
वीरेन्द्रनगरमा रहेको अर्जुन जनरल स्टोरले जिरा मसिनो चामलको बोलपत्र पेश गर्दा कालिदत्त गुल्म,डोल्पामा उस्ले प्रति केजी १ सय १४ रुपैंयामा टेण्डरमा उल्लेख गरेकोमा सबैभन्दा मंहगो दर रेट पेश गर्ने पूजा निर्माण कार्गाेले टेण्डर पाएको छ । उस्ले प्रति केजी चामलको दर रेट १ सय २२ उल्लेख गरेको छ । त्यस्तै मध्यपश्चिम पृतनालाई अर्जुन जनरल स्टोरले सोही चामल एक सय रुपैंया केजीमा बोलपत्र हालेकोमा १ सय ११ रुपैंया पेश गर्ने फर्मले टेण्डर पाएको छ ।उता,उत्तम सप्लायर्सले १ सय ६ रुपैंयामा श्री नम्बर ४ बाहिनी अड्डा,नेपालगञ्जको ठेक्का पाएको छ । जहाँ अर्जुन जनरल स्टोरले सय रुपैंयामा टेण्डर हालेको थियो ।
सेना भित्र मौलाउदै गएको यही कमिसनतन्त्रको विरोधमा अर्जुन जनरल स्टोरकाका प्रोपाइटर इन्द्रबहादुर खत्रीले प्रधानसेनापति,रक्षामन्त्री,कृषिमन्त्री समक्ष उजुरी हालेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice