केपी ओली र मधेसी दुबैखाले अतिवादी सोच देशका लागि घातक !

हरेक पार्टीमा दुईखाले अतिवादी शक्ति भए,मुलुकमा । एक खालका मधेसका साथीहरु पहाडेलाई देख्नै नसक्ने, मधेस अतिवादी । पहाडलाई मधेसबाट छुट्याउँदा सवै मधेसचाहिँ अराष्ट्रवादी हुने,अर्काे अतिवादी । एउटा एमाले अध्यक्ष केपी शर्मा ओलीको अतिवादी सोच । र अर्काे मधेसीहरुको अति अतिवादी सोच । दुइटै सोच नेपालका लागि राम्रो होइन । हामीले सबैलाई समन्वय गरेर जाने वातावरण सिर्जना गर्नुपर्छ ।

हामी चाहान्छौं, मुलुक सवैको हो । पहाड,हिमाल र तराईको । सवैलाई मिलाएर जानुपर्छ । दुईटै अतिवादी सोच लिएर हिँडेकाहरुलाई मुक्त गराउँन कांग्रेसले छलफल गरिरहेको छ ।

प्रजातान्त्रिक पार्टीभित्र वादविवाद, छलफल लगायत धेरै कुराहरु हुन्छन् । तब,निर्णयमा पुगिसेकपछि हामी एउटै निर्णयमा पुग्छौं । हामी निर्णयमा पुगिसकेपछि वादविवाद केहिँ हुदैन । यो सवै निर्णय पार्टीले गर्छ । सवैलाई मान्य हुन्छ । लोकतान्त्रिक पार्टी हामी लोकतन्त्रका लागि लड्यौ । प्रेस स्वतन्त्रता लागि लड्यौ । बहुदलीय व्यवस्थाका लागि लड्यौ । अर्काको कुरा नसुन्ने हुँदै हुँदैन नी । आवाज सवैका सुन्नुपर्छ ।

हामी नयाँ पुस्ताका लागि हामिले हिजो गरेका गल्तिहरुलाई विर्सेर नयाँ पुस्ताहरुलाई नेपालमै रहने र रम्ने वातावरण सिर्जना गर्न सकौं । नेपाल सवैको हो । नेपालीहरु अरब र मलेसियाका चिसा र तातो भूमीमा जानुपर्दैन । अब, नेपालमै सम्भावना छ भन्ने, हामी खोजीको पक्षमा लागिपरेका छौं । त्यो सम्भावना खोजी गरेर नेपालमा भएका यत्रो जलस्रोत, सम्पदा, जडिबुटी र वनजङगललाई सदुपयोग गरेर नेपालको विकास गर्नेछौं । मित्रराष्ट्रहरुलाई पछ्याएर,समदूरी कायम गरेर, काखापाखा नगरेर सवैलाई मिलाएर जाने पक्षमा छौं । स्वदेशमै रोजगारी सिर्जना गर्छाै । लगानीको वातावरण यहिँ जुटाउँछौं । त्यसैले नेपाल शान्त, समृद्ध र सून्दर देश हो भनेर प्रमाणित गर्न चाहान्छु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice