माओवादीका नेताहरुलाई भन्दा पूर्वराजालाई चीनले महत्व दिएको खुलाशा

पूर्वराजा ज्ञानेन्द्रको विदेश भ्रमण बाट प्रधानमन्त्री प्रचण्ड संशकित बनिसकेका छन । गत साता सम्पन्न माओवादी केन्द्रको पोलिट्ब्युरो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेन्द्रको चीन र भारत भ्रमणलाई प्रतिगामी चलखलेको संज्ञा दिँदै सजग रहनुपर्ने बताँउदै आइरहेको समयमा चीनमा त्यहाँका कम्युनिष्ट पार्टीका नेताहरुले उच्च महत्वका साथ पूर्व राजा ज्ञानेन्दसँग भेटघाट गरेको गोप्य तस्वीर बाहिरिएको छ । भेटघाटमा उनको बुहारी हिमानी समेत सामेल छिन ।
गत कात्तिक २४ मा नेपाल छाडेका ज्ञानेन्द्र सिंगापुर, दिल्ली, बेइजिङ हुँदै पुनः सिंगापुर पुगेर तीन सातापछि स्वदेश फर्केका थिए । सिंगापुर, भारत तथा बेइजिङमा ज्ञानेन्द्रले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको पूर्वराजा ज्ञानेन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतासँगको भेटघाट गरेका हुन ।
ज्ञानेन्द्रले नेपालमा राजनीतिक दलहरु असफल बन्दै गएकाले आफू अघि सर्न खोजेको संकेत गर्दै त्यसका लागि सहयोगको आग्रह गरेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीले समेत ज्ञानेन्द्रको भ्रमणलाई उच्च महत्व दिएको तस्वीरबाटै प्रष्ट हुन्छ ।
यस अगाडि चीन भ्रमणमा गएका अर्थमन्त्री कृष्ण बहादुर महरालाई चीनले उति साह्रो महत्व नदिएको समाचार बाहिरिसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice