विदेश बाट फर्केका बलबहादुरको यो वर्ष सात लाखको च्याउ बेच्ने लक्ष्य

रामपुर (पाल्पा)। रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा  च्याउ बेचेर चार लाख बराबरको आम्दानी गर्छन  ।

पाँच वर्ष अगाडि उनी विदेश बाट फर्केर व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो ।

सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गरेका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गरेका छन् । च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उनले व्यवसाय पनि बढाएका हुन् ।
सुरुमा एउटा गोठमा परीक्षणका रुपमा च्याउ खेती गरेका रानाले उत्पादन बढ्दै गएपछि च्याउ खेति विस्तार गर्दै लिएका हुन । अहिले उनले छ वटा गोठमा एक हजार बल्बमा च्याउ राखेर यस वर्ष झन्डै सात लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको बताएका छन् ।

“धन कमाउन विदेश गए, राम्रो कमाउन सकिनँ, घर फर्केर च्याउ खेती सुरु गरेँ”, “जसरी च्याउ उम्रिन्छ त्यसरी नै पैसा दिनहुँ हातमा परिरहेको छ” – रानाले बताए ।

च्याउ खेतीबाटै नाम र प्रतिष्ठा कमाएका राना हिजोआज बलबहादुरको सट्टा च्याउवालाका नामले चिनिन थालेका छन् । अहिले प्रतिकिलो २०० मा घरबाटै च्याउ बिक्री भइरहेको छ । अहिलेसम्म यस व्यवसायमा गोठ निर्माण र प्लास्टिक खरिदमा एक लाख बराबरको लगानी परेको उनको भनाइ छ ।

च्याउ उम्रन नपाउँदै धैरैले पहिलेदेखि नै बैना गर्ने गरेको रानाले बताएका छन् । दिनमा झन्डै २० देखि ३० किलोसम्म च्याउ बिक्री हुने गरेको उनले बताए । च्याउको माग बढ्दो रहेकाले अब सिताके च्याउ पनि सुरु गर्ने र यस व्यवसायलाई बढाउने सोचमा रहेको बताएका छन्।

थोरै लगानीमा कम मेहनतमा घरमै बसी बसी च्याउ बेचेर एक याममा लाखौँ आम्दानी लिन सकिन्छ । एक बल्बबाट तीन चारपटकसम्म च्याउ टिप्न सकिने भएपछि हिजोआज च्याउको उत्पादन जिल्लामा बढ्दै गएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice