साझा प्रकाशन तंग्रियो

काठमाडौं । आर्थिक अभावका कारण केही समयदेखि रुवाबासी चल्दैै आएको साझा प्रकाशन संस्थाले तंग्रिने मौंका पाएकोे छ ।
सरकारले साझा प्रकाशनलाई पहिलेको जस्तै जर्जर  बनाउन ३० करोड रकम दिने भएको छ । जसमा १० करोड अनुदान र २० करोड ऋण गरि जम्मा ३० करोड प्रदान गरिने भएको छ ।

आइतबार बसेकोे मन्त्रिपरिषद्को बैंठकले यो प्रस्ताव पारित गरेको हो । बैंठकमा अब प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नुपर्ने शिक्षामन्त्री धनिराम पौडेलले बताएका थिए ।  पाठ्यपुस्तक वितरणको नयाँ जिम्मेवारीबारे भने हाल निर्णय भइनसकेको उनले बताए ।

साझा प्रकाशनमा करिब एक हजार ५०० स्रष्टा सेयर सदस्य रहेको प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो पोख्दै आएका छन् ।

One thought on “साझा प्रकाशन तंग्रियो

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice