‘सिएनएन सुपर हिरो’ अवार्ड पुष्पा बस्नेतलाई

काठमाडौं । सामाजिक अभियन्ता पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड हात पारेकी छिन् ।
नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन सुपर हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड प्रदान गरेको हो ।

सामाजिक पकोपकारी कार्य लाई निरन्तरता दिँदै आएकी पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन् ।
अभिभावकसँग कारागार जीवन बिताउदै आएका ३७ बालबालिकालाई उनले काठमाडौंको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षा दीक्षाको व्यवस्था गरेर महत्वपूर्ण योगदान कार्य गरेको प्रशंसा गर्दै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

सिएनएन सुपर हिरो अवार्ड हात पारेकी बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice