बौद्ध चौंकीमा आक्रमण,१० प्रहरी घाइते

काठमाडौं । बौद्धको जोरपाटीस्थित नयाँबस्तीमा रहेको प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन् ।

बौद्ध प्रहरीले जानकारी गराएअनुसार आक्रमणबाट १० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएपछि स्थानीय वासिन्दाले चौकी आक्रमण गरेका हुन ।x-24332-3-jpg-pagespeed-ic-z-tjth63hi

x-24332-0-jpg-pagespeed-ic-3nk1gshn0qमादक पदार्थ सेवन गरी ट्याक्सी चलाएका राजु लामालाई शनिबार बौद्ध प्रहरीले पक्राउ गरेको थियो।

आइतबार करिब ५ सयको संख्यामा गएका स्थानीयवासीले प्रहरी बिटमा आक्रमण गर्दा ५ वटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले बताएको छ। भने दुई तले चौकीसमेत ध्वस्त भएको प्रहरीले जनाएको छ।

आक्रोशित स्थानीयहरुले प्रहरी चौकी बाहिर रहेका सुरक्षाकर्मीलाई कुटपिट गर्दै चौकीभित्र रहेका सई संजीव नापित र ५ जनालाई बाहिरबाट घेरेर पेट्रोल छर्केको डिएसपी नवराज कार्कीले बताए ।  आक्रमणकारीहरुले प्रहरी चौकीका सिसा, झ्याल ढोका, गमला, टिभी, कुर्सी तोडफोड गरेका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice