पुलिस अंकलको काम निर्दाेष मेरो बुवालाई जेलमा थुन्ने हो ?

काठमाडौं । स्कुलको नाम सुर्योदय माध्यमिक स्कुल हो । अहिले म दश वर्षको छुँ । हामी उहाँको विद्यार्थी हौं । मंगलबार ममी (लक्ष्मी नेपाली )खेताला जानुभयो । छिमेकी च्याङ्बा तामाङको । त्यसदिन म स्कुल जान पाइन । दुई वर्षको भाई सुशिललाई हेरचाह गर्नुपर्ने भएकोले । म घरमैं बसेर भाइसँग खेल्दै थिए । अचानक भाइलाई भोक लागेछ । अनि रुन थाल्यो । सायद चार बजेको हुँदो हो, त्यतिबेला ।

त्यसपछि मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लिएर गए । ममीलाई कोदो टिप्दै गरेको च्याङ्बा तामाङको कोदोबारीमा भेट्यो ।  । ममीले केहिँबेर दुध खुवाइसकेपछि भाइ रुन छाड्यो र ममीसँगै हामी चाँडो चाँडो घर फर्कियौं । घरमा दुहुना गाई भएकोले ममीले छिट–छिटो हिँड्न आदेश दिनुभयो । हामी फटाफट घरतिर लाग्यो । तर, घर पुग्न लाग्दा सामाजिक विषय पढाउने शिक्षक हीरा लामाले ममीमाथि यस्तो दुव्र्यवहार गरे ।

सामाजिक शिक्षा पढाउने शिक्षक हीरा लामा र उनकी आमा बाइकमा बसेर हामीलाई नै कुरिरहेका रहेछन् । घरमा गाई दुहुनु पर्ने भएकोले ममीले उहाँहरुलाई वास्ता नै नगरि फटाफट घरतिर अघि के लाग्न खोज्नुभएको थियो । शिक्षक हीरा लामाको आमाले एक्कासी ओइ बोक्सी…..रण्डी भन्दै लखेट्न खोज्नुभयो तर ममी भाग्नुभएन उभिरहनु भयो । दिउँसो कामको थकानले इन्तु न चिन्तु जस्तो हुनुभएको ममी चुपचाप उभिरहनु भएको थियो । सायद दलित भएर धेरै बोल्नु हुन्न भन्ने पनि बुझ्नु भएको थियो, होला ।

केहिँ नबोली हामी आफ्नै बाटोतिर अघि बढ्न खोज्यो । हिरा सरले हेलमेट फुकालेर ममीलाई कपालमा समातेर सुर्याेदय स्कुलको भलिबल मैदानमा पुर्याउनुभयो । म र भाई डाको छोडेर रुन थाल्यो । यतिञ्जेलसम्म छिमेकीहरु भेला भइसकेका थिए । अब, छिमेकीले ममीलाई सहयोग गर्नुहुन्छ भन्ने लाग्यो । तर,कसैले हाम्रो पक्षमा बालेनन् । उल्टै रमिता हेरे ।

स्कुलको मैदानमा दुईवटा भलिबलको पोल गाडिँएको छ । बाया पोलमा हिरा सर र उहाँको आमाले ममीलाई बाँध्ननुभयो । भेला भएका रमिते छिमेकीहरुले ममीलाई साथ दिनुभएन । ममीलाई डोरीले बाँध्न उल्टै साइला तामाङकी श्रीमी निरमायाले नाम्लो दिइन् । यसपछि ममीले जर्वजस्ती गर्न खोज्दा हिरा सरकी आमालाई पोलमा ठोकिएको काँटिले कोतारेछ । त्यसपछि उनी झन आँगो भइन् र पख तलाई बोक्सी भन्दै एकछिन हराइन् ।

एकैछिनपछि हातमा केही लिएर आउनुभयो । हातमा केही नभई दिसा लिएर आउनुभएको रहेछ । यसपछि त झन म र भाई डाको छोडेर रुन थाल्यो । कसैले दिसा खुवाउदा विरोध जनाएन हेरिरहे टुलुटुलु ।

हाम्रो यस्तो रुवाइँले सरको मन के पग्लिन्थ्यो र ? ममीलाई दिसा खुवाई छाडे । ममीलाई नाङगो आँखाले हेर्न सकिन र आखाँ चिम्ली नसक्दै सरले ममीको मुखमा दिसा हालिदिनुुभयो । ममी बेहोस जस्तै बन्नुभएको रहेछ । केहीबरेपछि ममीको होस् खुल्यो । ममीलाई डोर्याएर घर जाँदै थिए । पछाडिबाट एकजना लोग्ने मानिसले चिरपट बोकेर आएको देखे । रुदा रुँदा आखाँ राता भएका थिए । को मानिस ठम्याउन सकेको थिइन । जव, ममीको टाउकोमा चिरपट बजारियो अनि मैले त्यस मानिसलाई चिने, उनै हिरा सर रहेछन् । चिरपटले टाउकोमा लागेर ममी रन्थनिदै भुइमा ढल्नुभो । टाउकोबाट रगत बगिरहेको थियो । सरको रिस अझै मरेको थिएन । उल्टै ममीको छाँतीमा चार लात्ती बजार्नुभो । ममी मर्नुभो या बाच्नुभो मैले केहिँ ठम्याउन सकिन । किन ममीलाई यसरी सरले कुटिरहनुभएको मैले अहिलेसम्म केहिँ बुझेको छैंन । ममीले के गल्ती गरिदिनु भयो थियो सरको ?

६० वर्षे मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि यहिँबेला आइपुग्नु भो । मैले अलि लामो सास फेरे । अब हजुरआमालाई देखेर पनि सरको रिस मर्छ होला । मेरो बुहारीलाई किन पिटेको भनेर ? के भन्नुभएको थियो, हिरा सरले ‘ओइ बुढी न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ ममीलाई एक लात्ती हान्नुभयो । तर, मर्नेबेला आएर के गर्नु । छिमेकी लालबहादुर तामाङको श्रीमती आएर हीरा सरलाई यस्तो के गरेको शिक्षकले भन्दै झपार्नु भो । तरपनि सरले आँखा तर्न छाँड्नुभएन । ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । अंकल (दिनेश नेपाली) यसबारे थाहापाउँनुभएछ । उहाँ पनि आइपुग्नु भयो । घटनास्थलमा । त्यतिञ्जेलसम्म हीरा सरले बाटो तताइसेका थिए । त्यसपछि अंकलसँग मिलेर ममीलाई घर लिएर गयौं ।

बुवा (मिलन नेपालले) पनि ममीको बारेमा थाहापाउँनुभएछ । बुधबार बुबा काठमाडौंबाट अत्तालिँदै घर आउनुभयो । काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुने मेरो बुवा सोझो हुनुहुन्छ । त्यो दिन अस्पताल जान सकिएन ।  । धुलिखेल अस्पताल आउन तीन घन्टा लाग्छ लाग्थ्यो सम्भव, तर बेलुकी भएकोले सम्भव थिएन । बिहीबार बिहान धुलिखेल अस्पताल लैंजाने कुरा भयो तर ममी उठ्न सक्नुभएन । त्यसपछि गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ ।

अचानक हातमा बन्दुक र लठ्ठी बोक्दै गरेको दुई तीन जना पुलिससँगै हिरा सर र गाउँका मानिसहरु आउँनुभयो । त्यसपछि गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो । तर बुवाले पनि केहिँ नबोली हस्ताक्षर गर्नुभयो । उहाँले के नै बोल्न सक्नुहुन्थ्यो र ?
बेलुका सकि नसकी खान खाएर सुत्नुभएको मेरो ममी बिहान निकै अबेरसम्म उठ्नुभएन । भाई र सुतिरहेका थियौं । अरुबेला सँधै झिसमिसमा उठ्नु हुन्थ्यो मेरो ममी । त्यसपछि हजुरआमाले मलाई उठाएर ममीलाई उठाउ । यत्रो अबेर भो,किन उठिनन् भनेर मलाई ममीलाई उठाउन पठाउनुभो ।

टहरामा सुतिरहनु भएका थियो, ममी । मस्त निद्रामा झै भुइँमा ढलिरहनुभएको थियो । ममी..ममी भनेर मैले बोलाए । तर, बोल्नुभएन । जीवनको अन्तिम घडीमा अलिअलि सास फर्दै गरेको ममीलाई सास फेर्न गाह्रो भएपछि पानी खुवाएँ । पानी मुखमा पर्नु अगावै ममीको प्राण पखेरो उडेर गयो ।

म डाको छोडेर रुन थाले । हजुआमाले पनि थाहापाइसक्नु भएको रहेछ । उहाँ पनि रुन थाल्नुभयो । हामी रुएको सुनेर छिमेकीहरु जम्मा भइसकेका थिए । एकैछिनपछि  पुलिसहरुले हिरा सरसँगै उभिएको देखे । गाउँलेहरुले पुलिसलाई खवर गरेका रहेछन् । मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो । हिरा सर केहिँ बोलेनन्, यताउती आँखा घुमाए । पछि प्रहरी अंकलले उसलाई समात्यो । पुलिस अंकलहरुले उसलाई धुलिखेलको कारागारमा थुन्नुभएको छ । तर, उहाँ सँगै मेरो बुबालाई पनि भित्र थुन्नु भएको छ । पुलिस अंकलहरुले मेरो सोझो बुवालाई किन थुनेको हो ? मलाई केहिँ थाहा छैंन । मलाई पुलिस अंकलहरुले शुक्रबार यहाँ ल्याइपुर्याउनुभएको छ ।  अहिले,काभ्रे जिल्ला प्रहरी कार्यालयले शिक्षक हीरा लामा, साइँला तामाङकी श्रीमतीलाई पनि पक्राउँ गरिसकेको छ ।

सुमन नेपाल, मृतक लक्ष्मी नेपालीकी छोरा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice