bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/12/38048 ) ) )

त्यो ‘जासुस’लाई देश निकाला नगरिएसम्म नेपालीले सुःख पाँउदैनन

भारतीय राजदूत रन्जीत रे जासुसी हुन । उनलाई तत्काल देश निकाला गर्नुपर्छ । मिलेर बसेका नेपालीहरुमाझ विखण्डन ल्याउने नियतका साथ भारतीय राजदूतले कूटनीतिक मर्यादा विपरीत गतिविधि गरिरहेको छन् ।
नाकाबन्दीको समयमा भारतका लागि नेपाली राजदूत रहेका नेपाली कांगे्रसका नेता दीपकुमार उपाध्यायलाई तत्कालीन सरकारले असक्षम भनी फिर्ता बोलाएपछि फेरि सोही व्यक्तिलाई राजदूत बनाएर पठाउनु सरकारको नालायकीपन हो । भारतमा राजदूत रहँदा नाकाबन्दी खुलाउन विशेष पहल गर्नको साटो चौकी छोडेर भागेको कमाण्डरझै जिम्मेवारी छोडेर भागेको व्यक्ति हुन दीपकुमार ।
संविधान संशोधनको नाममा प्रचण्ड सरकारले भारतीय स्वार्थको पक्षपोषण गरिरहेको छन । अहिले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याएर अन्ततः मधेसवादी नेताबाट तराई एउटा छुट्टै राज्यको माग गर्न लगाएर आन्दोलन चर्काउने र नेपालबाट तराईलाई अलग्याई भारतमा विलय गराउने रणनीति अनुरुप संविधान संशोधनको प्रस्ताव आएको कुरा बुझ्न गाह्रो छैन ।
कुनै पनि जाति, भाषा, धर्म, क्षेत्रको आधारमा राजनीतिक दल खोल्न नपाउने गरी संविधानमा नै प्रतिबन्धको व्यवस्था गरिनुपर्दछ । यसैगरी सक्षम र योग्य व्यक्तिलाई उचित पद र अवसर प्रदान गरिनुपर्दछ ।
माओवादको मुखुुण्डो लगाएर प्रचण्डले माओ विचारधाराको खिल्ली उडाए । सभापति शेरबहादुर दउवाले भारतीय इसारामा आफू बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरे । यही समयमा राप्रपा र राप्रपा नेपालबिच एकीकरण हुनु संयोग मात्र पटक्कै होइन । यसमा पनि भारतको हात रहेको बुझ्न गाह्रो छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice