सरकारी कर्मचारीहरुको माग : सवारी साधनसहित चालकको तलब व्यवस्था गर

काठमाडौ । संसदले सर्वसम्मतीबाटै सांसदहरुको तलब सुविधा बढाएको केहिँदिन नपुग्दै निजामति कर्मचारीहरुको तलब सुविधा बढाउँने भएको छ ।

निजामति कर्मचारीहरुको पनि तलब सुविधा बढाइनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार भएको उक्त समितिले बताएकोछ ।

समितिले बिशिष्ट श्रेणी अर्थात सचिव तह र सो भन्दा माथिका कर्मचारीहरुको लागि सरकारी आवासको व्यवस्था नभएको भन्दै आवासको समेत व्यवस्था गर्नुपर्ने दवाव दिइएको छ ।

सिफारिसकर्ताहरुको माग यतिमात्र होइन उसले सहसचिव र सो सरहका कर्मचारीका लागि सवारी साधन उपलब्ध गराई सवारी चालकको तलब, इन्धन र मर्मत खर्च उपलब्ध गराउनुपर्ने अडान राखेको छ ।

समितिले उपसचिव वा सो सरह र अधिकृत वा सो सरहका कर्मचारीलाई एउटा मोटरसाइकल, मासिक १० लिटर इन्धन र मर्मत खर्च उपलब्ध गराउनुपर्ने र सवारी साधन नपाउने कर्मचारीका लागि भने मासिक रुपमा यातायात खर्च उपलब्ध गराउन सिफारिस गरेको बताइएको छ ।

यससँगै,राजधानी लगायत सुविधा सम्पन्न भएका ठाउँमा निजामति कर्मचारीहरुको मासिक तलब १५ हजार सहित पोशाक भत्ता एक सय प्रतिशतले वृद्धि गर्नुपर्ने सिफारिस पत्र तयार गरिसकिएको छ । भने, हिमाली जिल्लामा काम गर्ने कर्मचारीका लागि भने पोसाक भत्ताका साथमा तलब ३० हजार पु¥याउन सिफारिस गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice