सवारी दायाँ मोड्नुभो,उसो भए ट्राफिक प्रहरीको फन्दामा पर्नुभो !

काठमाडौं । घण्टौंसम्मको सवारी जाम र चापबाट कार्यलय पुग्न ढिलाई भई मालिकको गालि बेहोर्दै आएका कर्मचारीहरुले राहत पाउँने भएका छन् । भने, सर्वसाधारणहरुले पनि चाँडै गन्तव्यमा पुग्न सक्नेछन् । यससँगै, सवारी जामको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले रिंगरोडभित्रका लागि केहिँ नयाँ नियमहरु ल्याएको छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको विशेष पहलकदमीमा उक्त कार्य अगाडि  बढाइने भएको छ ।
सवारी चलाउँदा चालकले मनपरी ढङगले सवारी मोड्ने प्रवृत्ति नरोकिएपछि यस्ता गतिविधि कम गराउन ट्राफिक प्रहरीले यो नियमबारे जनतालाई सचेत गराइनु र निश्चित समयपछि लागू गरिने जानकारी गराएकोछ ।

सवारी दायाँ मोड्नेलाई च्याप्पै

अहिले ट्राफिक प्रहरीले लेनको नियम नमान्नेलाई चिट काट्दै आएको छ । भने अब त्यसलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले लेन अनुशासनमाथि थप कडाइ गर्ने भएको छ । यससँगै,चालकले सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको छ ।
सवारी गुँडिरहेको बेला साइडभन्दा बिपरीत लेन हुँदै सवारी क्रस गरेर विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ । तर, अब नयाँ नियम लागू गरेर यसमाथि कडाई गरिने भएको छ ।

ठूला गाडि चलाउनुभो, जानुभो

यो नयाँ नियम लागू भएसँगै समयमै विद्यार्थीहरु स्कुल पुग्नेछन् । भने, अफिस टाइम अबधिभर सडकमा  ठूला बस, खानेपानी बोक्ने डेलिभरी भ्यान, गुड्न नदिइने भएको छ । यससँगै विद्यार्थी पुर्याउने र ल्याउने जिम्मा पाएका बस चालकहरुले ९ बजेअघि नै विद्यार्थीलाई विद्यालय पु¥याइसक्नुपर्नेछ र ४ बजे अघि नै विद्यार्थी फर्काएर स्कुल बस विद्यालयमा आइसक्नुपर्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice