१२ बुँदे मागपत्रमा हस्ताक्षर भयो, डा. केसीले आज अनसन तोड्ने

काठमाडौं । सरकारले आइओएममा डा. केपी सिंहलाई डीनमा नियुक्ति गरेपछि २२ दिने अनसनरत डा. केसीले अनसन तोड्ने भएका छन् । उनले १२ बुँदे माग राख्दै आज अनसन तोड्न लागेका हुन ।

शनिबार साँभ नै सरकार र केसी पक्षबीच १२ बुँदे पत्रमा सहमति भएको हो ।

यता, त्रिविका उपकुलपति डा. तीर्थ खनियाँको बर्खास्तिको माग राख्दै आएका डा. केसीको मागबारे केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समितिको गठन गर्ने सहमति भएको छ ।

विद्यार्थीहरुलाई खुलेआम थेसिस बिक्रि गर्ने पूराना थेसिसलाई स्विकृति दिँदै आएका उपकुलपति खनियाँलाई बर्खास्तिको माग गर्दै डा. केसीले १२ बुदे माग अघि सारेका हुन । साथै,राजधानीमा एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क र उपत्यका बाहिर ४२ लाख अध्ययन शुल्क तोकिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice