लैनचौंरमा खाना खाँएपछि राजेन्द्र महतोले भने–‘संशोधन विधेयकमा अझै केही थप्नुपर्छ’

काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रेले मधेसी मोर्चाका नेताहरुलाई संसदमा पेश भइसकेको संविधान संशोधन विधेयकको जसरीपनि समर्थन गर्नुपर्ने बताएका छन् ।

शनिबार मधेसी मोर्चाका शीर्ष नेताहरुलाई राजदूतवासमा बोलाएर रेले जसरी पनि विधेयकमाथि समर्थन जनाउन आग्रह गरेका हुन । यससँगै मोर्चाका नेताहरु केही हदसम्म लचिलो हुन गएको स्रोतले जनाएको छ । तर, उनीहरु सजिलै आफ्नो अडान छाड्ने अवस्थामा भने आइसकेका छैंनन् ।

राजदूत रेले मधेसी मोर्चाका नेताहरुलाई पटक पटक संविधान संशोधन प्रस्ताव स्वीकार्न आग्रह गरेपनि उनीहरुले कानमा तेल लाएर बसेका थिए । राजदूत रेले शनिवार लैंनचौरमा मोर्चाका नेताहरुका लागि खानासहितको व्यवस्था मिलाएका थिए ।

उनीहरुले संविधान संशोधन विधेयकमा अझै केही विषयहरु थप्नुपर्ने बताउँदै तत्काले आफूहरुले यसप्रति सकारात्मक धारणा व्यक्त नगर्ने बताएका थिए । ‘यदि सरकारले संशोधन प्रस्तावलाई थप परिमार्जन गर्छ भने हामी हाँसी हाँसी स्किार्न तयार छौं, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने –‘तर खोई यो प्रक्रिया प्रति कुनै काम अगाडि बढाइएको छैंन ।’

यसरी, राजदूत रेले पटक पटक स्रंविधान संशोधनमाथि समर्थन गर्न आग्रह गरेपनि उनीहरुले प्रस्तावमाथि समर्थन गर्ने खालको संशोधन नभएको बताएका छन् । स्रोतले भन्यो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice