उर्जामन्त्री शर्मासँग तीन भाईले कमिसनको ‘अफर’ गरेपछि शर्माले यसो गरे…………

काठमाडौं ।‘हामीलाई पनि यसो केही त हुनुपर्यो नी’ नेपाल विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुले अप्रत्यक्ष रुपमा उर्जामन्त्री जर्नादन शर्मासँग ‘कमिसन’मागेपछि मन्त्री शर्माले दिउँसै रात परेजस्तो भएका छन् ।

‘मन्त्रीज्यूले उनीहरुको गुनासोमा के कुरामा हो भनेर बुझ्नका लागि हामीलाई पठाउनुभएको थियो, तर उनीहरुले हामीलाई पनि यसो केही त हुनुर्पयो नि भनेर अप्रत्यक्ष रुपमा ‘कमिसन’को माग गरेपछि मन्त्रीज्यु रिसले र्मुमुरिनु भएको हो । स्रोतले भन्यो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटाएकोसँगै बिचलित भएका उनीहरुले कमिसनको ‘अफर’ गरेका हुन ।

ती  प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणलाल अग्रवाल र सुरज लामिछानेले यस्तो अप्रत्यक्ष प्रस्ताव माग गरेका हुन । उनीहरु तीन दिनअघि अख्तियार गुहार्न समेत पुगेका थिए । त्यसलगत्तै उर्जामन्त्री जनार्दन शर्माले उनीहरुको असन्तुष्टि के विषयमा हो भनेर बुझ्नका लागि मानिस खटाउदा उनीहरुले यस्तो गुनासो पोखेका थिए ।

त्यसपछि उर्जामन्त्री शर्माले सोझै घुसको अफर गरेको भन्दै प्राधिकरणका तीनैजना सञ्चालकलाई स्पष्टीकरणका लागि पत्र काट्ने निर्देशन दिएका छन् । स्रोतले भन्यो– सम्भवतः आज शुक्रबारै उनीहरुलाई स्पष्टीकरणका लागि पत्र लेखिनेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice