‘प्रचण्डलाई बहुला कुकुरले टोकेको छ’

काठमाडौं । ‘प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बहुला कुकुरले टोकेको छ’ नेकपा मालेका सांसद सीपी मैनालीले शुक्रबार व्यवस्थापिका संसदको बैठकमा यस्तो अभिव्यक्ति दिएसँगै हल्लीखल्ली मच्चिएको छ ।

संविधान संशोधनमाथि छलफलका क्रममा सांसद मैनालीले व्यवस्थापिक संसद बैंठकमा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ भनेपछि संसदमा हंगामा मच्चिन पुँगको हो ।  उनले पटक पटक प्रधानमन्त्रीलाई यस्तो संज्ञा दिएका थिए । उनले दुई राष्ट्रलाई मान्यता दिने गरी संविधान संशोधन गर्न लागेको भन्दै प्रधानमन्त्रीलाई बहुला कुकुरले टोकेको संज्ञा दिएका हुन ।

यसरी पटक पटक उक्त शव्द प्रयोग गरेसँगै कांग्रेस सांसद राहरि खतिवडाले नियमविरीत उनले बोलेको भन्दै आपत्ति जनाएका थिए । यससँगै सभामुख ओनसरी घर्तिमगरले संसदीय मर्यादा विपरित भएको भन्दै संसदको रेकर्डबाट तत्काल हटाउन माग गरे ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice