प्रहरी नै अपहरणकारी भए पछि के होला ?

बिहिबार जिल्ला अदालत पर्साले अपहरणको आरोपमा प्रहरी हवल्दार सहित पाँचजनालाई दोषी ठहर गरी पाँच लाख पचास हजार जरिवाना र नौबर्षको कैद सजाय सुनएको छ ।

जिल्ला अदालत पर्साका न्यायाधीस राजेन्द्र नेपालको एकल इजलासले अभियुक्तलाई यस्तो सजाय सुनाएको हो । अभियुक्तहरुले वीरगन्ज उपमहानगरपालिका–१९ नगवा बस्ने राजेशकुमार साहलाई अपहरण गरी चार लाख फिरौती लिइरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान अरविन्दकुमार सिंह र प्रहरी हवल्दार विनय सिंहलाई  वीरगन्जका सुन व्यापारी राजेश साहलाई अपहरण गरि होटेलमा राखेर फिरैती रकम असुल गरिरहेको अवस्थामा पर्सा प्रहरीले २०७२ चैत्र २३ गते पक्राउ गरेको थियो ।

अदालतले हरपतगन्ज–८ का भगवान सिंह, चार्ली–२ का दीपकसिंह राजपुत, सर्लाही अर्नाह–५ का प्रहरी जवान अरविन्द सिंह, वीरगन्ज उपमहानगरपालिका–१८ का वृनेशकुमार सिंह, तथा सर्लाही धनुराका प्रहरी हवल्दार विनय सिंहलाई अपहरणको आरोपमा सातवर्ष कैद र सङगठित अपराधविरुद्ध गरी नौवर्ष कैद सजाय सुनाएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice