किशोर र मृदुलाको मिलेमतोमा यस्तो ज्यादती

बैंक चलाउने नाममा जनताको रकम लिएर भाग्ने थुप्रै बैंकरका बारेमा त सुनिएकै हो । एक बैकका प्रमुख कार्यकारी अधिकृत भने काग्रेस नेतृसँग मिलेर एक जना सर्वसाधरण व्यवसायीलाई घर न घाटको बनाइदिएका छन ।
यस्तै नक्कली काम गरेर सिभिल बैंकले ऋणीको करोडौं रुपैयाँ बराबरको जग्गा खाइदिएको छ । यसरी सर्वसाधरणको उठीबास बनाउने बैंकर हुन किशोर महर्जन । उनी सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुन ।
किशोर महर्जनले काग्रेस नेतृ मृदुला कोइरालाको मिलेमतोमा काभ्रेका टेकनाथ हुमागाइले २१ आना जग्गा रातारात अर्कैको नाममा पारिएको भेटिएको हो ।
काभ्रेका टेकनाथ हुमागाइले २१ आना जग्गा सिभिल बैंकमा धितो राखी ऋण लिएका थिए । उनले ऋण तिर्न नसकेपछि उक्त जग्गा लिलामीको प्रक्रियामा गयो । लिलामको मिति तोकिएको थियो, २०७३ असार २८ गते । तर लिलाम गरियो त्यसको दुई दिन अगाडि नै । बैंकबाट उक्त जग्गा कांग्रेस नेतृ मृदुलाले ४ करोड २० लाख रुपैयाँमा सकारिन् ।
चावहिल मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेत र नायब सुब्बा थामप्रसाद श्रेष्ठले कोइरालाबाट  लाखौं रकम लिएर लिएर जम्मा ५ हजार रुपैयाँ मात्र राजस्व तिराई जग्गा दाखा गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानको बर्हिगमन र दीप बस्नेतको उदय भएसँगै चावहिल मालपोतका कार्यालयका खरिदार लक्ष्मण बस्नेतको चुरी फुरी नै बेग्लै छ ।
यसमा बैंकले समेत बदमासी गरेको देखिएको छ । वैकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन,नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ,कर्पाेरेट क्रेडिटका प्रमुख प्रशिद्ध राज अर्याल र असुली विभागका प्रमुख रुपक क्षेत्रीको मिलेमतोमा बैंकका कानुन विभागका डिल्लीराम श्रेष्ठलाई थाहा पत्तै नदिई काम तामेल गरी बैंकलाई समेत बदनाम पार्न काम भएको भेटिएको छ ।
जनताको पैसामा रजाई गर्न पल्किएकाहरुले एउटाको जग्गालाई रातारात अर्कैको नाममा पारिदिन्छन र करोडपतिलाई रोडमा ल्याइदिन्छन भन्दा कस्ले पत्याइदिने ? अहिले यही जग्गाको लफडामा पर्दा काग्रेस नेतृ मृदुला बदनाम बन्न पुगेकी छिन ।

 

यस विषयमा बैंकका कार्यकारी अधिकृत किशोर मर्हजनलाई तारान्तर एस काठमाडौंले सम्र्पक प्रयास गर्दा उनी सम्र्पकमा आउन चाहेनन ।

एस काठमाडौंको सम्र्पकमा आएका बैंकका एक अधिकृतले भने यो सबै निराधार कुरा भएको बताएका छन । कानुनी आधारमा बैंक बलियो भएको उनको तर्क छ ।

विट खोल्नै पर्ने दिनमा खोलेको र विट खोल्दा प्रमुख जिल्ला अधिकारी,नगरपालिकाको प्रतिनिधि,मालपोत र प्रहरीको रोहबरमा खोलिएको हो । बैंकका बचाउ गर्दै ति अधिकारीले भने  ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice