भारतबाट विष्फोटक पदार्थ भित्र्याउदै गरेका तीन जना पक्राउ

काठामाडौं । भारतबाट बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थ नेपाल भित्र्याउने योजना बनाईरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केहि दिन अगाडि विष्फोटक पर्दाथ सहित सिक्किममा पक्राउ परेकाहरुले विष्फोटक पर्दाथ नेपाल पठाउन लागेको  सिक्किम प्रहरीले बताएपछि  नेपाल प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको थियो ।

सिक्किम प्रहरीले सोमबार दिएको दिएको जनकारी अनुसार नेपाल प्रहरीको आतंकवाद हेर्ने व्युरोले अनुसन्धान अगाडी बढाएको हो ।

बिहीबार नेपाल प्रहरीको विशेष टोलिले झापा र संखुवासभाबाट विष्फोटक पदार्थ भित्र्याउने तीन जना पक्राउ गरेको छ । पक्राउ परेकाको परिचय खुल्न सकेको छैन् । पक्राउ परेकोहरुले भारत बाट विष्फोटक पदार्थ मगाएको स्विकार गरेका छन् ।

उक्त विष्फोटक पदार्थ के का लागि मागाएको थियो त्यो भने खुल्न सकेको छैन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice