• शुक्रबार ०३, कार्तिक २०७४

संसद बैंठक अबरुद्ध भएसँगै प्रचण्ड र ओलीको देउसी

काठमाडौं । ‘तपाईसँग कुरा गर्नु त के,अनुहार हेर्न नै मन छैंन ।’ प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्री प्रचण्डलाई बिहीबार बसेको संसदको बैंठक भवनभित्र जवाफ फर्काए ।

बिहीबार प्रतिपक्षी दल एमालेले संसदमा संविधान संशोधनको बैंठक स्थगित गरेसँगै सभामुख ओनसरी घर्ति मगरले शुक्रबार तीन बजेसम्मका लागि स्थगित भएको सूचना दिँएसँगै प्रधानमन्त्री प्रचण्ड केपी ओलीको सामुन्ने गएर गफिन थाल्न के आँटेका थिए, अध्यक्ष ओलीले शव्दवाण प्रहार गरिहाले ।

तपाईसँग बसेर कुरा गर्नु छ भन्दै प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलाीलाई आग्रह गरेका थिए । यससँगै अध्यक्ष ओलीले ‘तपाईसँग कुरा गर्नु त परै जाओस अनुहार हेर्न पनि मन छैंन मलाई त’ भन्दै पन्छिएका थिए । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई यस्तो जवाफ दिएको सुनेर वरिपरि बसेका सांसदहरु गलल हाँसेका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डले जे भएपनि समस्या समाधान गर्न आफू तत्पर रहेको बताएपछि अध्यक्ष ओलीले ‘त्यसो हो भने यो काण्डमा नफस्नुस तीनवटै चुनाव गर्न लाग्नुस भन्दै सल्लाह दिएका थिए ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice