नेपालको लगातार चौंथो हार

काठमाडौं । थाइल्याण्डमा जारी एसिया कप प्रतियोगीतमा नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्डसँग लगातार चौथो हार बेहोरेको छ । विहिबार आयोजक विरुद्धको खेलमा हार वेहोरेसँगै नेपालको चौथो खेलमा तुषारोपात लागेकोछ ।

बिहीबारको भएको खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो । नेपाल ६३ रनमै अलआउट भएको थियो ।
थाइल्याण्का ओपनर सिरिन्त्रा साइनसाकारटले सर्बाधिक २७ रन बनाएकी थिइन् । अर्का ओपनर नात्ताकान चान्थमले २४ रनको योगदान गरिन् ।

यता, नेपाली सरिता मगरले २ विकेट हात पारेकी थिइन् । नेपालको लागि ओपनर ज्योती पाण्डेले १६ रन बनाएकी थिइन् । भने, अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । अर्का ओपनर सिता मगरले ९, कप्तान रुबिना क्षेत्री ८ तथा नेरी थापा ७ रन बनाएर मैदानबाट आउट भएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice