तँसँग लड्छु भनेर कोही आए भने पछाडि हटदैनौ, पर्छाछौं

बामदेव गौतम,उपाध्यक्ष,नेकपा एमाले

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने काम देश विखण्डनको रणनीति अनुरुप आएको हो । त्यसका साथ साथै आएका अन्य चार संशोधन प्रस्ताव समेत त्यसलाई सहयोग पुग्ने गरी आएको बुझ्न गाह्रो छैन । तराईलाई पहाडबाट अलग गर्ने गरी अहिले पाँच नम्बरबाट पहाडी जिल्ला हटाइएको र पछि एक र सात नम्बर अनि तीन नम्बर प्रदेशबाट किन अलग गर्न नहुने भन्दै प्रश्न उठ्ने अवस्था उठेको छ ।
देश विखण्डन स्वाभिमानमा खलल पार्नेलाई संसद प्रयोग गर्न दिन्नौँ । पार्टीको अर्को निर्णय नभएसम्म अवरोध गर्नेछौँ । विहिवारको संसद बैठकमा सबै मान्यज्यूहरु मर्यादित भएर प्रस्तुत हुनु होला । हामी खुर्सानी लिएर काटमार गरेर रगत बगाउने काम चाहिँ गर्दैनौँ । मर्यादित भएर आन्दोलन गर्ने हो ।
कोही लड्ने भनेर आएपछि पछाडि हट्ने हैन पछार्नु पर्छ । हाम्रो संघर्ष प्रतिन्द्वदी कसरी आउँछ त्यसमा निर्धारित हुन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice