खबरदार ! प्रचण्ड सरकार, पूर्वबाट आगो सल्कदैंछ

नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ ।अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेको वाणिज्य क्याम्पस बुटवलका स्ववियु सभापति सन्दिप विकले  बताए ।

करिब दुई घण्टाको चक्काजामपछि अहिले यातायात पुन सुचारु भएको उनले जानकारी दिए । सडकमा नाराजुलुस सहित टायर बालिएको थियो । स्वतस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल–पहाड–तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् ।

प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका दल काँग्रेस माओवादीका कार्यकर्तासमेत प्रदेशमा विरोधमा उत्रिएका छन् । चक्काजामका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प भएका थिए ।

५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्र्याउन सक्ने उनीहरुको चेतावनी छ ।

बुटवलसँगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice