• शुक्रबार ०३, कार्तिक २०७४

कोमल ओलीको आगमनले कुन्ति र प्रतिभालाई चिन्ता

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले गायिका कोमल ओलीलाई केन्द्रीय सदस्य बनाउने तयारी थालेपछि महिला नेत्रीबिच खैलाबैली मच्चिएको छ । पार्टी एकताकै दिन औपचारिकरुपमा राप्रपामा प्रवेश गरेकी गायिका ओलीलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी अध्यक्ष थापाले थालेका छन् । ओलीलाई केन्द्रीय सदस्यमा ल्याउने चाल पाएपछि महिला नेत्रीहरु प्रतिभा राणा, कुन्ति शाही, सरस्वति केसी असन्तुष्ट बनेका छन् ।

पार्टीमा योगदान नै नगरी एकै पटक केन्द्रीय सदस्यमा मनोनित गर्न थालेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । तर ओलीलाई औपचारिकरुपमा राप्रपा नेपालमा भित्राउँदा कमल थापाले केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका थिए । थापाको प्रस्तावलाई राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले पनि सहमति जनाईसकेका छन् ।

पार्टी प्रवेश भन्दा पहिले भएको संवादमा ओलीलाई केन्द्रीय सदस्यमा ल्याउने बचन थापाले दिएको स्रोतले बताएको छ । केन्द्रीय सदस्यमा ल्याउने प्रतिबद्धता पाएपछि कोमल पार्टी एकता कार्यक्रमको उद्घोषण गर्न पुगेकी थिइन । त्यही कार्यक्रममा उनले राप्रपा प्रवेश गरेकी हुन् । राजसंस्थाप्रति आस्था राख्छु, भन्दै हिड्ने कोमल औपचारिकरुपमा कुनै पार्टीमा थिइनन् । केही समय पहिले नेपाल सद्भावना पार्टीमा जाने हल्ला चलेको थियो ।

एकीकरण भन्दा पहिलेको राप्रपा नेपालमा महिलाको नेतृत्व कुन्ति शाहीले समालेकी थिइन । अध्यक्ष कमल थापाकी अति विश्वास पात्र शाही स्थानीय विकास राज्यमन्त्री समेत बनिन् । तर कोमलको आगमणले उनलाई समस्या पारेको छ । अध्यक्ष कमल थापाले भर्खरै प्रवेश गरेकी ओलीलाई बढि विश्वास गर्न थालेपछि शाही असन्तुष्ट बनेको स्रोतले बताएको छ ।

कोमलको आगमणलाई राप्रपा नेत्री प्रतिभा राणाले पनि रुचिकर मानेकी छैनन् । नेताहरुलाई सजिलै कन्भिन्स गर्न सक्ने कोमलको क्षमताबाट उनीहरु त्रसिएको राप्रपाभित्र चर्चा चल्न थालेको छ । शाही र राणा लामो समयदेखि राजनीतिमा सक्रिय छन् । दुई राप्रपा हुँदा दुवैले महिला संगठन प्रमुखको जिम्मेवारी समालेका थिए ।

महिला संगठनको प्रमुखलाई लिएर दुई नेत्रीबीच प्रतिस्पर्धा सुरु हुन लागेकै बेला कोमलको आगमन भएको छ । दुई नेत्रीलाई पाखा लगाएर महिला विभागको प्रमुख दावी गर्न सक्ने आँकलन गरिएको छ ।

One thought on “कोमल ओलीको आगमनले कुन्ति र प्रतिभालाई चिन्ता

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice