कमलपोखरीमा खुमबहादुर खड्काले गर्ने भए यस्तो शंखघोष

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा ‘सनातन हिन्दु राष्ट्र बनाऔं, नेपाल बचाऔं’ भन्ने मुलमन्त्रका साथ बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी हुने भएको छ ।
बिहङ्गम अन्तरक्रियातमक राष्ट्रिय गोष्ठीको आन्तरिक तयारी समेत ब्यापकरुपमा भएको आयोजकले जनाएको छ । आगामी मंसिर १५ गते हिन्दु राष्ट्रको पक्षमा बिहङ्गम राष्ट्रिय गोष्ठी हुने भएको हो ।

khumbahadur-12

‘सनातन हिन्दु राष्ट्र बनाऔं, नेपाल बचाऔं’ भन्ने नाराका साथ हुन लागेको सो गोष्ठीमा हिन्दु धर्मसँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा हिन्दु राष्ट्रको पक्षमा तातो बहस हुनेछ ।

नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियनले आयोजना गरेको सो कार्यक्रम काठमाण्डुको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने बताइएको छ ।
नेपाल राष्ट्रियतालाई हृदयङ्गम गर्दै शंखघोष गरेर सनातन हिन्दू राष्ट्र स्थापना महाभियान छेड्ने आयोजकको तयारी छ । खड्का समूहले पहिले पनि अभियान चलाएका थिए । खड्का अस्वस्थ्य भएकाले अभियान केही सुस्त बनेको थियो ।

 

मंसिर १५ गतेपछि यो अभियान देशव्यापी रुपमा गर्ने योजनामा समेत बनाइएको स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice