मामा सम्धीहरु जुट्दा लोकमानकोमा जाँड पार्टी !

सुन्दा अलि पत्यार लाग्दैन । तर यस्तै दृश्य देखा परेको छ अहिले । एकीकरण राप्रपाको तर हर्षबढाईं लोकमान सिंह कार्कीको ।

दुई राप्रपाको एकीकरण हुँदा लोकमानले हर्ष बढाई गर्नु पर्ने कारण के होला ? धेरैलाई जिज्ञासा उठ्न सक्छ ।
कारण हो,कमल र लोकमान नाताले मामा सम्धी हुन् र असाध्यै मिल्छन् । लोकमान विरुद्धको आवाज मन्द हुँदै गएको छ । यो आवाज मन्द हुनुमा राप्रपा एकीकरणको पनि भूमिका रहेको छ ।

कतिपयले त राप्रपा एकीकरणमा लोकमानको समेत भूमिका रहेको बताइरहेका छन् । सत्ताको खेलमा आगामी दिनमा कमल थापा निर्णायक बन्दै जाने अवस्थाका कारण लोकमान पनि सुदृढ हुँदै जान थालेका छन् ।

दुईवटा राप्रपा जोडेर ३७ सिटको पार्टी बनेको छ र यो पार्टी आगामी दिनमा सत्ताको मुख्य खेलाडी बन्ने निश्चित छ । राप्रपालाई जसले रिझायो उसैले सत्ता पायो भन्नुपर्ने अवस्था आएको छ । र यसको प्रत्यक्ष लाभ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीले पाउँदैछन् ।

लोकमान विरुद्ध संसदमा महाभियोग प्रस्ताव विचाराधीन छ । कांग्रेसले समर्थन गरेन भने महाभियोग पारित नहुने निश्चित छ । त्यसमाथि ३७ सिटे राप्रपा पनि मिसिएपछि महाखड्कोबाट लोकमान जोगिने नै भए ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice