हसिलो अनुहार लगाँउदै प्रहरीको भ्यान चढे सिके राउत

मधेश टुक्राउन सक्रिय सिके राउतलाई हिजो प्रहरीले पक्राउ गरेको छ । रंगभेदी दिवसको अवसरमा जनकपुरमा आयोजित र्यालीका क्रममा प्रहरीले हस्तक्षेप गरी राउत सहित उनका ३३ कार्यकतालाई नियन्त्रणमा लिएको हो ।

 

जनकपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुपूर्व राउतलाई पक्राउ गर्न खोज्दा उनका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको थियो ।

धनुषाका प्रहरी नायव उपरिक्षक मनोज कुमार यादवका अनुसार कार्यक्रमस्थल बाह्रविघा मैदानबाट १२ जना र अस्पताल रोडबाट २० जनालाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएका सबै राउतका कार्यकर्ता हुन् । विखण्डनकारीको आरोप लागेका राउतलाई प्रहरीले सार्वजनिक स्थलमा सम्बोधन गर्न रोक लगाउँदै आएको छ । राउतमाथि मधेस टुक्राउन लागिपरेको आरोप छ ।

राउत स्वतन्त्र मधेस गठबन्धनका संयोजक हुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice