bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/37347 ) ) )

प्रधानमन्त्रीबिरुद्ध अदालत जाने एमाले अध्यक्ष केपी ओलीको बालुवाटारमा चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध अदालत जाने चेतावनी दिएका छन् । विहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चर्काे विवाद भएपछि ओलीले अदालत जाने चेतावनी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री दाहालले पाँच नम्वर प्रदेश टुक्राउने गरी संविधान संशोधनमा आफुहरु अघि बढिसकेको बताएका थिए । पाँच नम्वर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी संविधान संशोधनमा लागि सकेका छौ, सके सहयोग गर्नुहोस नसके धेरै चर्काे विरोध नगर्नुहोस्, प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्रीको भनाईपछि ओलीले कडा प्रतिवाद गरेँ । तपाई जुन कार्य गर्दै हुनुहुन्छ त्यसले न त राष्टलाई फाइदा गर्छ न त तपाईलाई नै । राष्टघाति काम गरे म तपाई विरुद्ध अदालत जान्छु, सडक र सदन दुवै ठाउँमा लड्न तयार छौ ।

ओलीले कडा प्रतिवाद गरेपछि दाहालले कांग्रेस र मधेसी मोर्चा सवै प्रस्तावका पक्षमा रहेको तर एमाले मात्र प्रस्तावका विपक्षमा रहेको बताउँदै कम आलोचना गर्न आग्रह गरेका थिए । तर ओलीले राष्टघाति कदमका बिरुद्ध आफु र आफ्नो पार्टी चुप लागेर नवस्ने बताए ।

ओलीले सीमांकन हेरफेर गर्ने अधिकार अब यो संसदसँग नरहेको बताउँदै संबैधानिक जटिलता पनि औल्याएका थिए । सीमांकन हेरफेर गर्ने अधिकार प्रदेश सभालाई मात्र छ । तर तपाई गलत कदम चाल्दै हुनुहुन्छ यसमा हामी कडा प्रतिवाद गछौ ।

One thought on “प्रधानमन्त्रीबिरुद्ध अदालत जाने एमाले अध्यक्ष केपी ओलीको बालुवाटारमा चेतावनी
  1. नेताज्यु देशलाई टुक्राटुक्रा पार्नु बाट जोगाउनु होस् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice