श्रीमान ! बाबु बितेको एघार वर्ष पछाडि कसरी जन्मन्छन तीन सन्तान भट्टाभट ?

प्रमाणले एकाथरी बोल्छ, न्यायधिशको फैसला आँउछ अर्कैथरी । एउटै आमाको कोखबाट जन्मेका पाँच सन्तानमध्य न्यायधीशले अस्तित्वमा नभएका नक्कली बाबु खडा गरी तीन दाजुभाईलाई रोडमा र बाँकी दुई दाजुभाईलाई करोडपति बनाइदिएको विरह लाग्दो कहानी हो यो ।

ललितपुर ठेचोका जनकलाल (खड्गी) कसाई र उनकी श्रीमति हेलथंकुका कोखबाट जन्मेका कुमारमान,पञ्चलाल,सन्तलाल,तुयुलाल,रामभक्त समेत पाँच सन्तान । सगोलमा बसिआएका उनीहरुले कमाएको सम्पत्तिबाट पैतृक सम्पत्तिमा थप जग्गा जमिन जोडे । पैतृक सम्पत्ति नलिइ निजगढ वारामा आफ्नो व्यवसाय गर्दै आएका उनीहरुले अंशबण्डा गर्न नमानेपछि जेठा छोरा कुमारमान कसाईका श्रीमती दिलमाया सहित चक्रबहादुर र हरिबहादुरले अंश चलन मुद्धा दायर गरे ।

ललितपुर जिल्ला अदालतका न्यायधिश जर्नादन बहादुर खड्काले पाँच भागको एक भाग अंश अंश पाउने फैसला सुनायो ५९ भदौमा । कार्यन्वयन भएन । मुद्धा पुनरावेदनका न्यायधीश नन्दराज अधिकारी र अलीअकबर मिकरानी बेञ्चमा पुग्यो । कुमारमान,पञ्चलाल र सन्तलाललाई जन्मदिने बाउ जनकलाल होइन । यी तीनका जायजन्म हेलंथकुको पहिलो श्रीमान कालुचाबाट भएको हुँदा पैतृक सम्पत्तिमा कुनै हकदावी नलाग्ने र अंशवण्डा गर्नुनपर्ने फैसला सुनाइदियो ६२ जेष्ठ ३१ मा ।

पुनरावेदन र सर्वाेच्चका न्यायधीशले यो मुद्धाको फैसला गर्दा हेलंथकुको नाममा रहेको जगाको विवाद २००६ साललाई मात्र आधार मानिएको भेटिन्छ । मानबहादुर र हेलथंकु जग्गा दर्ता नामसारी मुद्धामा कालुचा कसाई महर्जनको मृत्यु भएको र उनको कोखबाट कुमारमान,पञ्चमान र सन्तु गरी तीन सन्तान जन्म भएको र यस पछाडि जनकलाल कसाईसँग विवाह गरेको आधार लिइएको देखिन्छ । र त्यहाँ भनिएको छ,कालुचाको मृत्यु १९९५ मा भएको । र ६ सालको यो मुद्धामा जेठो छोराको उमेर ६ वर्ष माइलोको ४ र कान्छो २ वर्ष उल्लेख छ ।

मुद्धा अनुसार,कुमारको जन्म वावु बितेको ६ वर्ष पछाडि ,पंचलालको जन्म बाबु वितेको ८ वर्ष पछाडि र सन्तलालको जन्म बाबु वितेको १० वर्ष पछि हुनेभयो । प्रश्न यहीँ उठ्छ,नक्कली वावुको मृत्यु भएको ११ वर्ष पछाडि तीनकै कोखबाट छोराहरुको जायजन्म कसरी कसरी हुनसक्छ ? लाटाले समेत अक्कल काट्न सक्ने यो हिसाबमा न्यायधीशहरु चिप्लिएका छन ।

अर्काे सबुत प्रमाण के भेटिन्छ भने,शेषपछिको वकपत्रमा ३१ साल चैत्र २३ गते जनकलालले आफ्ना पाँच सन्तान रहेको र बराबर अंश बण्डा गरी लिनु सहीछाप गरेको प्रमाणबाट समेत पाँचै सन्तान जनकलाल र हेलंथकुबाट जायजन्म भएको पृष्टी हुन्छ । अर्काे प्रमाण,जनकलालको दुई छोरा सन्तालाल र पंचलालको मृत्यु दर्ता गर्दा उनीहरुको बाबुको नाम जनकलाल नै उल्लेखित रहेको भेटिन्छ । यी तीनभाइ जनकलालकै छोराहरु हुन भन्ने प्रमाण नागरिकताको प्रतिलिपीबाट समेत प्रष्ट हुन्छ । उनीहरुले लिएको नागरिकतामा बाबुको नाम जनकलाल नै उल्लेखित छ । मृत्युदर्ता,नागरिकता,स्थानीयहरुको भनाईका आधार सबै प्रमाणले जनकलालका पाँचै सन्तान भएको पृष्टी हुन्छ तर सर्वाेच्चमा अस्थायी हुँदै हालै अवकाश पाएका न्यायधिश कमलनारायण दासले समेत यही फैसलालाई सदर गरि कालोकोटको वदनामी गरिदिए । उनले निसु राखेर वदमासी गरी रामभक्त र तुहेलाललाई जनकलालका छोरा बनाएर करोडपति बनाइदिए भने एउटै बाउका तीन छोरालाई रोडमा पुर्याइदिएर बिचल्लीमा पारिदिएका छन ।

जीवनका लामो समय एउटै छानो मुनी रहेर सुःख दुःख बाडेका,सम्पत्ति जोडेका तीन दाजुहरुलाई रोडमा पुर्याएर ललितपुर ठेचो,चाँपागाँउ,सुनाकोठीमा रहेको करोडौ मूल्य पर्ने जग्गा अहिले दुई भाईको नाममा परेको छ ।

नक्कली बाबु खडा गरी तीन भाइलाई सडकमा पु¥याउने वदमास न्यायधीश कमलनारायण दासको भागमा कति पर्यो  होला ? यस्को हिसाब हुनै बाँकी छ । बूढापाकाले ठीकै भनिएको हो ‘बाघको मुख हेर्न मन लागे विरालोको मुख हेर्नु शत्रुको मुख हेर्न मन भए भाइको मुख । ’ आफ्नै दाजुहरुको विचल्ली पारेर न्यायधीश मालामाल, भएन त गाइ मारेर गधा पोसाई ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice