bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/37273 ) ) )

प्राचीन विश्वविद्यालय नालन्दा बाट नोबेल पुरस्कार विजेता अमत्र्य सेनलाई हटाइयो

प्राचीन विश्वविद्यालय मध्यको एक मानिने नालन्दा विश्वविद्यालयबाट भारतीय प्रधानमन्त्री नरेन्द मोदीको आलोचना गर्ने नोबेल पुरस्कार विजेता भारतीय मुलका अर्थशास्त्री अमत्र्य सेनलाई  विश्वविद्यालयको बोर्ड सदस्य बाट हटाईएको छ ।
nalanda_university_0109
अंग्रेजी अखबार इडियन एक्सपे्रसका अनुसार उनले सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको चर्काे आलोचना गरेका थिए । आलेचना पछि उनले विश्वविद्यालयको कुलपति बाट राजीनामा गरेर विश्वविद्यालयका निर्देशन बोर्ड सदस्य मात्र रहेका थिए । उनलाई सन् २००७ मा मनमोहन सिंहको सरकारले नालन्दा मेन्टर ग्रुप (एनएमजी) को सदस्य बनाएको थियो ।

अखवारका अनुसार हावर्ड विश्वविद्यालयका पूर्व प्रो. सुगत बोस र बेलायती अर्थशास्त्री मेघनाद देसाई लाई पनि हाटाएको छ ।

इडियन एक्सप्रेसका अनुसार विश्वविद्यालयमा नयाँ बोड गठन भएको छ । जसमा भारत, चीन, अस्ट्रेलिया र थाईल्याण्डका पदाधिकारि रहने ब्यावस्था छ । विश्वविद्यालयमा  कुलपति, उप–कुलपति र पाँच सदस्य रहने व्यवस्था छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice