माइक्रोबसबाट लडेका पूर्व उपप्रधानमन्त्री केसीको केएमसीमा उपचार हुँदै

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर गम्भीर घाइते भएका छन् ।
पूर्वउपप्रधानमन्त्री केसीका भतिज हिरा केसीका अनुसार बुधबार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । केसीको टाउको र ढाडमा चोट लागेको छ । अहिले उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रो बसको ढोका छेउको सिटमा बसेका उनी माइक्रो चालकले घुम्तीमा बस मोड्दा उनी लड्न पुगेका थिए ।
स्थानीयको सहयोगमा उनलाई अस्पताल लगिएको र अहिले अवस्था समान्य रहेको भतिज हिरा केसीले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice