bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/37259 ) ) )

प्रधानमन्त्रीको प्रस्तावले कांग्रेसमा दुई चिरा, देउवा र विमलेन्द्रकै मत बाँझियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सीमांकन हेरफेर प्रस्तावले नेपाली कांग्रेसभित्र विभाजन ल्याएको छ । नवलपरासीदेखि बर्दियासम्म नयाँ प्रदेश बनाउने प्रधानमन्त्री दाहालको प्रस्तावका पक्षमा कांग्रेस नेता तथा गृहमन्त्री बिमलेन्द्र निधि देखा परेका छन् भने सभापति शेरबहादुर देउवा विपक्षमा उभिएका छन् । तीन दिनअघि भएको बालुवाटार बैठकमा नवलपरासीदेखि बर्दियासम्म एउटा क्षेत्र बनाउन देउवा आफैले प्रस्ताव गरेका थिए । तर बुधवार बालुवाटारका बैठकमा भने उनले प्रस्तावको विरोध गरे ।

नवलपरासीदेखि बर्दियासम्मको एक प्रदेश बनाउँदा सवैभन्दा ठुला क्षति कांग्रेस महामन्त्री शशांक कोइरालालाई हुने भएपछि देउवाले प्रस्तावको विरोध गरेका हुन् । तर विमलेन्द्र निधिले प्रस्तावको पक्षमा वकालत गरेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियाससम्म अर्काे प्रदेश बनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको प्रस्तावमा देउवा र विमलेन्द्रको मत बाझिएको छ ।

बालुवाटार बैठकमा प्रधानमन्त्रीले नवलपरासीदेखि बर्दियासम्मको भूःभाग मिलाएर नयाँ प्रदेश बनाउने प्रस्ताव गर्न साथ देउवाले ‘हाम्रो शशांकका क्षेत्र हो त्यसलाई अलग गर्न सकिँदैन भन्दै विरोध गरेका थिए । बैठकमै रहेका शशांकले भने कुनै प्रतिक्रया नजनाएको स्रोतले बताएको छ । प्रधानमन्त्री प्रस्तावमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि विरोध गरेका छन् ।

मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्रीको प्रस्तावमा सहमत भएपनि कांग्रेस सहमत हुन सकेन । लगतै मधेसी मोर्चा नेताहरुले झापा, मोरङ, सुनसरी, कैलाली कञ्चनपुरको कुरा उठाएका थिए । मोर्चा नेताहरुको पक्षमा निधिले वकालत गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice