bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/37243 ) ) )

‘संविधानमाथि चित्त नबुझ्दैमा जंगल पस्नुपर्ने अवस्था छैंन’

काठमाडौं । राप्रपा संसदीय दलका अध्यक्ष कमल थापाले संविधानमा चित्त नबुझे बन्दुक बोकेर जंगलमा जानुपर्ने आवश्यकता नभएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधन विधेयकमाथि प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाहितका संघीय गठबन्धसँग छलफल गरिरहदा अध्यक्ष थापाले यस्तो मन्तव्य दिएका हुन ।

संविधानमा चित्त नबुझ्दौमा कोहीपनि जंगल पस्नु पर्ने अवस्था नरहेको औंल्याउँदै थापाले चाँडोभन्दा चाँडो समस्या समाधान हुन जरुरी रहेको बताए । अहिले सीमामा नाकाबन्दी गरेर जनतालाई दुःख दिनुपर्ने आवश्यकता पनि छैन उनले भने जनताको माझमा गएर आफ्ना मान्यतालाई स्थापित गर्न सकिन्छ ।

अस्ति मधेस झरेर मैले सुरक्षा निकायका अंगहरुसँग कुराकानी गरेको छु । ०५२ सालमा एउटा भरुवा बन्दुक, एउटा पेस्तोल र सय जना गुरिल्लाबाट सुरु गरिएको हिंसात्मक द्वन्द्व हामी सबैको आँखामा झलझली नाचिरहेको छ । र अहिले मधेसको समस्या के छ ? राज्यले यो हेर्नू जरुरी छ ।त्यसैले आगामी निर्वाचनको अनुकुल वातवरण बनाउनका निमित्त यथासम्भव चाँडो मधेसको समस्या सम्बोधन होस । थापाले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice