यस्ता पनि भेटिए इमान्दार सांसद

सांसदहरु तलव, सेवा सुबिधा बढाउन मरिहत्ते गरिरहेको बेता नेपाल काग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको सेवा सुविधा बपत आउने रकम भुकम्प पीडितलाई दिने उदारता देखाएका छन् ।

आईतबार संसदमा सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धि विधेयक पास भएको थियो । अब सांसदहरुले यस भन्दा अघि पाइरहेको तलब र सेवा सुबिधा भन्दा २४ हजार बढी पाउने छन् ।

कांग्रेस सांसद गुरुङले भने भूकम्पपछिको पुनर्निर्माण अघि बढन नसकेको र भूकम्प पीडितले राज्यबाट घोषित राहात समेत नपाएबो भन्दै सांसदहरुले तलब सुविधा बृदि गर्नु संसदीय अभ्यास विपरित भएको बताएका छन् ।

उनले हाल पाइरहेको पारिश्रमिक, तलब र भत्ता एवं सेवासुविधा बाहेक बृद्धि भएको रकम भूकम्प पीडितलाई राहातका लागि स्थापना गरिएको भुकम्प राहात कोपामा जम्मा गर्ने घोषणा गरेको छन् ।

उनले संसद सचिवालयलाई पत्र लेखेर आफ्नो बढेको तलब सिधै भूकम्प पीडित राहात कोषमा जाने व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice