भारतको कानपुरमा रेल दुर्घटना हुँदा ६३ जनाको मृत्यु

भारत । भारतको कानपुरमा रेल दुर्घटना हुँदा ६३ जनाको ज्यान गएको छ ।

आइतबार बिहान पट्नाबाट इन्दौर जाँदै गरेको पटना–इन्दनैर एक्सप्रेस रेल दुर्घटनामा परेको हो । उक्त रेलका १४ डिब्बा  लिकबाट बाहिर गएसँगै दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

अहिले घाइते यात्रुहरुको उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ । भारतीय समाचारका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने बताइको छ । घटना कसरी भयो भन्नेबारे अझै खुल्न सकेको छैन । विस्तृत विरण आउन बाँकी रहेको थाहा हुन आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत शोकाकुल परिवार प्रति समवेदना प्रकट गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice