नवयुगलाई जापानले बल्ल चिन्यो

काठमाडौं । नेपाली खेलाडीले मलेसियामा एएफसी सोलाडिरिटी कप जितेको केही दिन वित्न नपाउँदै फेरि अर्काे जित हासिल गरेको छ ।
शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको जापानविरुद्धको खेलमा जित हासिल गरेको हो ।

नेपालले जापानका ‘फ्रेन्ड्स अफ जापान’ समूहका खेलाडीहरुलाई १–० को अन्तरले पराजित गरेको हो । नवयुग श्रेष्ठले ५८ औं मिनेटमा हानेको बल जापानी गोल रक्षकले छेक्न नसकेसँगै नेपालले उक्त जित हासिल गरेको छ । जापानी खेलाडीहरुले खेल मैदानमा नेपालविरुद्ध जोडदारका साथ घम्साघम्सी (प्रदर्शन) गरेपनि जापानका गोलरक्षकले नवयुगले हानेको बल रोक्न सकेन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice