पढ्नुहोस कञ्चनका कहानी,तपाईको पनि आँखा रसाउनेछ..

माइत विराटनगर, घर बाजुरा ।  श्रीमान नेपाल सरकारको ईन्जिनियर, एक छोरा पनि बेङ्लोरमा ईन्जिनियर अनि कान्छो छोरो पुल्चोक ईन्जिनियरिङ कलेजमा ईन्जिनियरिङ गर्दै ।  उनी स्वयं पनि पेशाले स्टाफ नर्स । तर अहिले आश्रमको बास ।

यो  कथा हो कञ्चन शर्मा रेग्मीको ।   ७ वटा घाम पानी र चिसो खुला आकाशमुनी नै बिताइन । पहिलो पटक के खाने भनेर सोध्ने मान्छे भेट्दा भगवान नै भेटे जस्तो भयो  ।

कञ्चनलाई सडकमा पुर्याएर कान्छीका साथमा
कान्छीका साथमा

आफैं  सक्षम हुँदाहुँदै पनि किन सडकमा आउनु परेको होला ? ‘श्रीमानलाई म मन परिन, कान्छी भित्र्याउनु भयो, बिस्तारै म डिप्रेशनको शिकार बन्दै गएँ यसको फाईदा श्रीमानले लिनुभयो र मलाई घरबाट नै निकाल्नुभयो’ आँखाभरी आँसु पार्दै कञ्चन भन्छिन ।

७ वर्षअघि श्रीमानले आफूलाई त मेरो लागि योग्य छैनस् तलाईं बिहे गर्नु मेरो बाध्यता हो भन्दै भ्याकुम क्लिनरले पिटेर आफूलाई घरबाट निकालेको  उनी सुनाउछिन । ‘

 

सात वर्षसम्म वेवारिसे जीन्दगी बिताएर अहिले दीक्षा चापागाईको संरक्षणमा रहेकी कञ्चन शर्मा रेग्मीको पति र दुई छोराहरु रहेको थाहा भएको छ ।
कञ्चनका पति खानेपानी संस्थाका जागिरे मोहन रेग्मी हुन । भने,उनका दुई छोराहरु सागर र दीपेन्द्र रहेको थाहा हुन आएको छ ।
आफ्ना श्रीमतीलाई सडकमा छाडेर सात वर्षसम्म वेवारिसे जीवन जीउन बाध्य पार्ने इन्जिनियर मोहन र उनका छोराहरुको सामाजिक सञ्जालमा पछिल्लो दिनमा सबैभन्दा बढी खोजिएका छन ।

kanchan-regmi
केही दिन अगाडि टेलिभिजन अन्तर्वार्तामा कञ्चनले आफ्नो पति इन्जिनियर र दुबै छोरा इन्जिनियर रहेको बताएकी थिइन । छोराहरु आफ्नै अगाडि टक्सन गाडीमा हुइकिएर हिड्दा आफूले देखेको र बोलाँउदा हात हल्लाएर हिडेको पीडा कञ्चनले सुनाएकी थिइन ।
यो सँगै सामाजिक सञ्जालमा मोहनलाई ५७ हजारभन्दा बढीले खोजेका छन । मोहन रेग्मीको फेसबुक एकाउन्टमा उनीमाथि आक्रोश पोखिएको छ । तर रेग्मीले संयमतापूर्वक पटक पटक स्टाटास मार्फत लेखिरहेका छन, ‘कृपया विषयको सत्यता बुझिदिनुहोस् । कुरा नबुझि धारणा नबनाउनु होला ।’

 

रेग्मीले यो प्रकरणमा आफ्ना छोराहरुको कुनै गल्ति नभएकोले यसमा उनीहरुलाई नमुछ्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । तर मानिसहरुले आमालाई सडकको वास बनाउने छोराको गल्ति नभएर कस्को हुन्छ ? रेग्मी खानेपानी संस्थानका इन्जिनियर हुन् ।

 

 

7 Comments
  1. Yastyo xora ra, sala 10 mahina kokha ma rakhara janma dhiya ki aamaa kaha gaen kata haraena samaa navana ti Bir xora haru lai Salut xa nepali Janta ko.

  2. अहिलेको सत्यता भनेको पतिको श्रीमती र छोराहरुको आमाको व्यथा नै हो, कारण जे पनि हुन सक्छ तर आफ्ना पती र आफ्नै सन्तान हुँदाहुँदै पनि यी नारीको यस्तो अवस्था हुनु वा गर्नु कुनै पनि जिम्मेदार पती वा छोरहरु लाई सुहाउदैन र समाजले यसलाई घिर्णा कै नजरले हेर्छ र यो आमानविय व्यवहाँर हो । हामी सामाजिक प्राणी हौ, मानव हौ र आफ्नो जिम्मेवारी तथा कर्तव्य पुर्ण ईमान्दारी का साथ निर्वाह गरौ, मरी लानु केहि छैन्, केवल पाप र धर्म को मात्र भागीदार हुन्छ ।

  3. आमा बाबुका हज्जारौं हजार जानेर नजानेर,सहज असहज,स्वेच्छाचारी वा बाध्यकारी जुनसुकै होस्,छोराछोरीको निमित्त आमाबाबु परम पूज्य र आदरिणिय ब्यक्तित्व मात्र होइन,इश्वरिय स्वरूप मानेर पुत्रवत सेवा गर्नु छोरोले कर्तब्य र दायित्व पुरा गर्नुपर्छ।
    हेर्दैगर्नुहोला ती पति मोहन हुन वा छोरा सागर र दीपेन्द्र !आमाप्रति गर्ने घृणालाइ त्यागेर आदरभावले आफ्नो कल्याणतर्फ उन्मुखहुनेचेष्टा गरिएन भने दुनियामा त्योभन्दा दरिद्र र दुखी मान्छे कोहि हुने छैन।

  4. कन्चन का श्रीमान भनाउदा को गल्तित छ नै, त्यो भन्दा महापाप कन्चनका ती छोरा भनाउदाहरुको छ। येदि समयेमै पश्चातापको आशुंले आफ्नो पाप धोये पखालेनन भने ती महापापिको उद्धार त स्वयेम इश्वर ले समेत गर्न सक्नेछैनन।

  5. jo xora amma ko pida ma ra amma frustrated huda care garna nasake xora lai 9 mahina khokha ma rakhera janmaunu nai abhisap lagyo ??? unko aasu le kaile khusi rahana nadela uniharu lai. N husband who married second wife stilling having first wife n saying still there is need to know the real story…..Why women doesnt understand women?? please all ladies if u reject to become second wife i hope women be able to have a respectful life.

  6. येस्तै हो यो स्वर्थी समाज मा मान्छे को रुप मा कुकुर को जन्म दिनु भको रैछ हुन त आईमाई पानी तेस्तै रैछे अलि राम्रो जागिर भको लोग्ने मान्छे देक्नु न हुने भोलि तेस्ले पनि अर्काको घार बिगरी खुशी भयेर बसेको छे तेस्को पनि कन्चन को जस्तै बिजोक भवोस त्यो खानेपानी को ईन्जिनियर साला कुकुर को पनि एक्सिडेन्ट् भै अपाङ्ग भयेर मोर्नी बेलामा opperation garera किरा झिकोस कन्चन उस्कै श्रीमती ले पाल्न पनि परोस अनि खाइरको खानेपानी को जगिर बाट पनि नीकाली दिओस

  7. jo chor usko thulo sor . yo bau , xora yo kukur ko kanxi swasni yini haru sabai kukhyat aparadhi hun..sidhraj le sirel kiler hoina vane ko xa .. udaran yesko pakxa ko adio news ma yo xa sobhraj apradhi ho 2032 saal ma manohar khola ma canadeli byacti lai jiudai jalayera faleko arko tesai ko premi lai ra pni usle ma sirel killer hoina vaneko xa vanera adio news post garnu lagako xa suman kharel apradhi ho vanera tyo news ma vaneko xa .. yo mohan le yesto manxe li this banayera yetro thulo apradh garera . samaj ko aakha ma dhulo xyapera nirdos hu ma . kanchan dosi ho . vaneko xa kukur ho yo .. normal manxe lai arko kukurni sag salkera yatana diyera raksi piune duniya var ko lalxana lagaune mc sala xaka hijada … hijo sam tyo kanchan bato ma pagal vayera hideko dekhera tero kanxi swasni sag hug garera moj garis . aza kanchan ko swastha kehi sudhar ayera tero lukeko kartut pardafas huda … bala kanchan lai chinis tero x swasni thiyo vanera jaathaa .

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice