टी २० एशिया कपका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

आगामी नेभेम्बर २६ देखि चार डिसेम्मबरसम्म हुने टी २० एशिया कपका लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली महिला क्रिकेट टेलीको घोषणा गरिएको छ ।

प्रशिक्षक, कप्तान तथा आइसीसि प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली महिला टोलीको घोषण गरेको हो । छनोटमा कप्तना रुविना क्षेत्री, ईन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भाण्डारी, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाई, रोशनी बोहोरा, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी, सीता रानामगर र शोभा आले छन् ।

शर्मिला शाहि चोटग्रस्त बनेपछि उनको ठाउमा संगीता राईलाई स्थान दिएको छ । उनी गत महिना भएको छनोटमा भारतीय रेल्वेका लागी प्रशिक्षण गर्ने क्रममा चेटग्रस्थ बनेकि थिइन् । उनलाई डाक्टरले तीन साता मैदान बाहिर रहन सुझाव दिएका छन् ।

नेपालले प्रतियो गितामा आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २९ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतँग प्रतिस्पर्धा गर्नेरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice