तरकारीवालीले ‘लम्फु’बनाउँने क्यामेरा ‘अफ’ गरिदिए

काठमाडौं । तरकारीवाली उर्फ कुसुम श्रेष्ठले फिल्म नखेल्ने भएकी छिन् ।
‘लम्फु’ फिल्मका निर्माता शक्तिबल्दव घोरासैनीले उनलाई फिल्म खेल्न अनुरोध गरेपनि आफूले उच्च शिक्षा हासिल नगरेसम्म कुनै फिल्ममा काम नगर्ने बताए ।

‘चारैतिरबाट मलाई समाजिक संञ्जालमा तत्काल फिल्म नखेल्न सुझाब दिएकाले अहिले योजना बनाएकी छैन । उच्च शिक्षा सकेपछि त्यसतर्फ सोच्नेछु । अहिले ‘करियर’ बनाउने बेला हो । पहिले पढ्छु अनि फिल्मको कुरा सोच्छु ।’

उनलाई भेट्न फिस्लिङ पुगेका निर्माता शक्तिबल्दव घोरासैनीले पाठकले नै चर्चाको शिखरमा र्पुयाएको बताउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताको सुझावअनुसार पहिले पढाइ सक्न जोड दिएका छन । उनले भने-‘हाम्रो फिल्ममा उहाँले नखेलेपनि उहाँलाई कक्षा १२ र बीबीएस तहमा पढाउन सहयोग गर्नेछौं ।’

‘लम्फु’ निर्माण समूले उनलाई कक्षा १२ र मेघा कलेजमा बीबीएस पढ्ने सहयोग गर्ने बताएपछि उनीसहित फिस्लिङ पुगेका निर्देशक गोपाल लामिछाने फर्किएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice