नेपाल टाट नपल्टदासम्म भारु खोस्टो बनाउन पाइदैन

पूर्व गभर्नर डा. युवराज खतिवडा

भारु ५ सय र १ हजार क्षेत्रीय मुद्रा हो । नेपालमा मात्र होइन, भुटान, सिंगापुर, दुबई लगायतका मुलुकमा पनि भारु चल्छ । एउटा स्वतन्त्र मुुलुक टाट नपल्टिँदासम्म आफ्नो मुद्रालाई खोस्टो बनाउन पाइँदैन । भारत सरकारले जिम्मेवारीपूर्वक यसलाई सल्टाउनुपर्छ ।
निश्चित विधि बनाएर भारत सरकारले सटहीको सुविधा दिनुपर्छ । ५ सय र हजारको नोट भारतले स्वीकृति दिएर नै नेपालमा चलाउन थालिएको हो । अहिले भारतले सीमित मात्राका लागि मात्रै सटही सुविधा दिएको छ ।

तर, हामी भारु नोट साट्दैनौं भन्न भारतले मिल्दैन । कुनै पनि देशको स्वतन्त्र मुद्रा अर्को मुलुकले क्षतिपूर्ति नदिई ‘डिमोनिटाइज’ गर्न सक्दैन । त्यसो गर्ने हो भने डलर एक दिन ‘डिमोनिटाइज’ गरियो भने विश्व नै टाट पल्टिन्छ । र, यस्तो कुरा कल्पना गर्न सकिँदैन ।’
हुन त हामीले भारु कारोबारका लागि होइन, सटहीका लागि मात्रै चलाउने भनेको हौं । तर, व्यवहारमा सीमावर्ती क्षेत्रका मानिसहरुले भारतीय रुपैयाँमै कारोबार गरिरहेका छन् । त्यसैले उपयुक्त स्रोत देखाएर बैंकिङ च्यानलमा ल्याइन्छ भने त्यसलाई साटिदिनका लागि नेपाल र भारत दुबै देशका बैंकहरु तयार हुनुपर्छ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice