विहान विवाह साँझ नागरिकता पाउने आश नगरः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विहान विहे गरेर दिउँसो नागरिकता पाउने गरी संविधान संशोधन गर्न नसकिने बताएका छन् । नागरिकता लगाएतका बिषयमा संविधान संशोधन गर्न मधेसी मोर्चा र सत्तारुढ दलहरुले दवाव दिइरहेका बेला ओलीले राष्टियतामा आँच आउने गरी संविधानको संशोधन गर्न नसकिने बताए ।

शुक्रबार प्रेस चौतारी नेपालको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले संविधानलाई लुलो बनाई बोर्डरमा बसेर नागरिकता वितरण गर्न नसकिने बताए । केही राजनीतिक दलले विहान छोरी दिएर ज्वाँई बनाउने र दिउसो नागरिकता दिने गरी संविधानको संशोधन खोजेका छन्, त्यो एमालेलाई मान्य छैन ।

ओलीले संविधान संशोधनका बिषयमा औचित्य र राष्टिय आवश्यकताका साथ आउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । कपाले तमासुकलाई जोगाउन र कसैको इच्छा पुरा गर्न संविधान संशोधन हुँदैन, यसमा एमालेको दृढ संकल्प छ ।
सरकारमा रहेका दल र मधेसी मोर्चाले चाहेजस्तो संविधानको संशोधन मधेसका जनताले नचाहेको बताए । मधेसका जनतालाई नै सास्ती दिने प्रकारले संशोधन खोजिदैछ त्यो पुरा हुन सक्दैन, ओलीले भने ।

ओलीले संविधान संशोधनको एजेण्डा नेपाल र नेपालीको नभएको समेत बताए । केही विदेशीहरुले सस्तो विचार पैठारी गरिरहेका छन्, त्यसमै नेपालका केही कथित बुद्धिजिवी र राजनीतिक दलले भविश्य देखिरहेका छन्, ओलीले भने देशमा जातिय द्धवेश त्यही भएर फैलिन खोजेको हो ।

उनले नेपाली नागरिक राष्टियताको धारमा भएको तर बुद्धिजिवी भन्नेहरु राष्टियताको धारमा हिड्न नसकेको बताए । उनले आफ्नो पार्टीले लिएको राष्टियताको धारमा कसैसँग सम्झौता नगर्ने समेत बताए । सरकार परिवर्तन भएको होला तर राष्टियताका सवालमा हाम्रा बिचार र संकल्प उही छन् ओलीले भने ।

5 Comments
  1. मधेसी जति सबै सिध्याए आफै राष्ट्रवादी भइन्छ ।हैन त ओली ज्यु ।कर्णाली बेच्ने ,मनमोहन र मदन भन्डारी संस्थान बनाउन र राष्ट्रिय ढुकुटी सिध्याउने राष्ट्रवादी काम हैन त ?

  2. anjaya kumar singh ji tapaika madheshi neta ko kun istar cha aajhai thachaina tapailai … ajhai tiniharuko pachi lagnu huncha … ali gatilo neta channus tapaiharu …. tettikai ufriyo … teso bahye nagarikata dinu paryo haina ta thukka tapaiharuko buddhi .. tapaiharuko samudayema jati padheko manche bhetyo teti common sense hudaina.

  3. राजेन्दर् महतो जस्ता अंगिकिरीत ले नेपाली लाई पिरोलेको देख्दा त अंगिकिरीत नै बन्द गर्नु वेस .

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice