‘महाभियोग प्रस्तावमा गगन थापा र धनराज गुरुङहरुको क्रियाशीलता देखिएको छैंन’

चीनकाजी श्रेष्ठ, प्रमुख सचेतक, नेपाली कांग्रेस

हामी त महाअभियोगका प्रस्तावक होइनौ र सांसद्हरुलाई आफ्नो धारणा राख्न स्वतन्त्र छोडिदिएका छौं । तर प्रस्तावकमा हाम्रा सांसदहरु गगन थापा, धनराज गुरुङ सहितका केन्द्रीय नेताहरु देखिन आउनुभएको छ । तर उहाँहरुको क्रियाशीलता त्यस्तो देखिएको छैन ।

नेकपा माओवादी केन्द्र र एमालेले महाअभियोग प्रस्ताव गर्दै त्यसलाई पारित गर्ने भनेर निर्णय गरिरहेका छन । अब कांग्रेसले पनि निर्णय गर्ने हो भने महाअभियोग सिफारिस समितिमा किन लैजानुपर्यो ? कांग्रेसले प्रस्ताव पारित गर्ने वा नगर्ने भनेर निर्णय गर्दैन ।

संसद्को कार्यव्यवस्था परामर्श समितिमा मैले पटक–पटक प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउन ढिला भएको कुरा उठाएको हुँ तर खै उहाँहरु त्यसलाई सिरियस्ली लिइरहनुभएको छैन । महाअभियोग प्रस्ताव लगिसकेपछि संसदीय क्रियाशीलता बढ्नुपर्नेमा त्यसो हुन सकेको छैंन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice